आइत, कार्तिक २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री शर्माकाे जाेड

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
चलचित्र क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री शर्माकाे जाेड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु चलचित्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेकी छन् । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उनले बताइन् । व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको उनको भनाइ छ ।

नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले चलचित्रको गुणस्तर वृद्धिमा जोड दिएकी हुन् । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो । चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ,’ उनले भनिन् ।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके  चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् । चलचित्र क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले चलचित्र क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘चलचित्र क्षेत्रको विकासको लागि हामीले के कस्तो भूमिका निर्वाह गरिरहेका छौं भन्ने समीक्षा गर्न आवश्यक छ । नीतिगत रूपमा कहाँ–कहाँ समस्या रहेका छन् र सरकारले कहाँ–कहाँ सहयोग गर्नुपर्ने हो त्यो विषय चर्चा र समीक्षा गरौंला ।’ सरकारको नीति कार्यक्रममा तथा नयाँ बजेटमा केही नयाँ काम गर्न सक्नुपर्ने उनको भनाइ छ । फिल्म क्षेत्रमा महिला टिक्न सहज नभएको टिप्पणी गर्दै उनले त्यसको प्रवर्द्धन पनि जोड दिने बताएकी छन् ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस क्षेत्रको काम आफूलेभन्दा छिटो कसैले गर्न सक्छ भने आफू राजीनामा दिन तयार रहेको बताए । नियम बनाएर मन्त्रालयमा पठाएपनि फाइल अगाडि बढ्न नसकेका कारण आफूले फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको केसीको भनाइ थियो । यसकोे पहलका लागि साथ दिन फिल्म सम्बद्ध सबै संघसंस्थालाई उनले आग्रह समेत गरे ।

कार्यक्रममा फिल्म निर्माता अशोक शर्मा, बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले फिल्म क्षेत्रको समस्याको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधिक संघ, नृत्यकार संघका नवनिर्वाचित कार्यसमितिलाई निर्माता संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो । संघका अध्यक्ष नवल खड्काले सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताए । यस्ता कार्यक्रमले संघसंस्थालाई एक ढिक्का भएर अगाडि बढ्न मद्दत मिल्ने उनले बताए ।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

१३ घण्टा अगाडि
सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

आज दसैंको सातौं दिन फूलपाती

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक