शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ। घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरुलाई सम्मान गरिएको हो।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, डा तेजेश कुमार, डा कृष्ण भरखेर, डा शिशिर पौडेल, डा कुन्दन कर्ण, स्टाफ नर्स कल्पना बस्याल, अहेव कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार छन्।

भदौ १ मा जिल्ला स्वास्थ्य कार्यालयमा पहिलोपटक शल्यक्रियाको शुभारम्भ भएपछि चिकित्सकहरुले एक गर्भवतीको सफल शल्यक्रिया गरेका थिए। मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रकी सञ्चालक सुकुनदेवी रसाईलीले उक्त शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताए।

“यहाँका चिकित्सकले यहाँ पहिलो पटक सफल शल्यक्रिया गरेकोमा हामी निकै खुसी छौँ”, उनले भने, “चिकित्सकहरुले जिल्लाको इज्जत राख्नुभएकाले सम्मान गरिएको हो।”

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले अस्पतालमा शल्यक्रियाको काम सुरुआत भएको बताउँदै आगामी दिनमा व्यवस्थित अस्पताल भवन निर्माण सँगसँगै थप सेवा र सुविधायुक्त बनाइने प्रतिबद्धता व्यक्त गरे।

मुस्ताङका पाँचवटै गाउँपालिकाको समन्वयमा जिल्ला अस्पतालको स्तरोन्नतीका लागि केही पहल गरेको उल्लेख गर्दै उनले बजेट अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताए।

कार्यक्रममा मुस्ताङ जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीले यस सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको बताए। जनताको अवस्थालाई मध्यनजर गर्दै जटिलभन्दा जटिल समस्यासँग पनि जुध्न पनि आफूलाई उत्प्रेरण प्राप्त भएको उनको भनाइ छ।

हाल दुर्गम क्षेत्रमा जटिल समस्या आइपरेमा हेलिकोप्टरमार्फत सेवा दिने व्यवस्था भए पनि ती सेवा जनतासम्म पुग्न नसकेको भन्दै उनले गुनासो गरे।

जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङले स्वास्थ्य क्षेत्र अत्यन्तै जटिल भएको बताए। उनले स्वास्थ्य क्षेत्र अझ व्यवस्थित बनाएर लैजान हरेक तह र तप्कासँग आफूहरुले सहकार्य गरिरहेको बताए।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

५ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक