वीरगञ्ज – बिलबिजकभन्दा बढी खुद्रा, कस्मेटिक,हार्डवेयर,औषधि तथा लत्ताकपडा लोड रहेको दुई वटा ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।
बिल बिजकभन्दा बढी सामान लोड रहेको ट्रक वीरगञ्जबाट कलैया र विराटनगरातर्फ जादै गरेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर र वडा नम्बर १४ गण्डकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो।
गण्डकमा ना ३ च ३१५० र घण्टाघर स्थित सडकखण्डबाट ना ३ ख ५८९९ नम्बरको ट्रकहरूलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रकमा बिलबिजक भन्दा बढी सामानहरु लोड रहेको पाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।
दुबै ट्रकहरुमा लोड रहेको दुई करोड २६ लाख २६ हजार ८ सय २३ मुल्य बराबरको मालबस्तुलाई आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।