जनकपुरधाम – मिटर ब्याजीको आरोपमा धनुषा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका २ बस्ने ३६ वर्षीया पुनिता देवी यादव, सोही ठाउँ बस्ने ४० वर्षीय बुदुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने ३५ वर्षीय श्रवण दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेकाले सोही उजुरीको आधारमा पक्राउ गरिएको हो।
यस्तै, अन्यलाई पनि मिटरब्याजको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।