शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वित्तीय संस्थामाथि घेराबन्दी बढ्दै गएपछि त्यसको सामना कसरी गर्ने भन्दै छलफल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
वित्तीय संस्थामाथि घेराबन्दी बढ्दै गएपछि त्यसको सामना कसरी गर्ने भन्दै छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बैंक तथा वित्तीय संस्थामाथि घेराबन्दी बढ्दै गएपछि त्यसको सामना कसरी गर्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंकर्ससँग सोमबार करिब साढे ४ घण्टा छलफल गरेको छ ।

करिब साढे ३ बजे सुरु भएको छलफल पौने ८ बजसेसम्म चलेको थियो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको आयोजनामा होटल याक एण्ड यतिमा डिनरसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरिएको हो । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किंदै गएको र संगठित रुपमै कर्जा नतिर्ने आन्दोलन  सुरू भएको परिस्थितिमा त्यसको सामना कसरी गर्ने भनेर राष्ट्र बैंकले छलफल गरेको सहभागी एक बैंकरले बताए ।

‘राष्ट्र बैंकको छलफल तरलता, पूँजीको र कर्जा रिकभरी कस्तो छ भन्नेमा केन्द्रित थियो । राष्ट्र बैंकले अहिलेको परिस्थितिको समाना गर्नेगरी बैंकहरुलाई प्रोत्साहन र ढाडस दिन खोजेको थियो,’ ती बैंकरले भने, ‘नेपालको बैंकिङ अहिले पनि अन्य देशको तुलनामा सबल र बलियो छ । अहिलेको अवस्था सामना गर्न बैंकहरु सक्षम छन् भन्ने विश्वास बैंकहरुले निक्षेपकर्तालाई दिनुपर्छ भन्ने सन्देश राष्ट्र बैंकको थियो ।’ गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु बलियो छन् र कुनै समस्या आए पनि निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सक्षम छन् भन्ने हिसाबले  बैंकहरु तयार रहनुपर्ने बताएका थिए ।

निष्कृय कर्जा केही बढ्ने अवस्था भएपनि बैंकहरु समस्याग्रस्त बन्ने अवस्था नरहेको भन्दै निर्धक्क भएर बैंकिङ गर्न गभर्नर अधिकारीले अनुरोध गरेका थिए ।  बैंकमाथि भएको संगठित आक्रमणको बारेमा नागरिकलाई बैंकहरुले नै  कुरा बुझाउनुपर्ने गभर्नरको सन्देश थियो । गभर्नर आफैंले सहजीकरण गरेको छलफलमा दुबै डेपुटी गभर्नर, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक, आर्थिक अनुन्धान विभागका कार्यकारी निर्देशकसहित चार जना विभागीय प्रमुख उपस्थित थिए ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको बैंकिङ क्षेत्र अहिले पनि स्वस्थ रहेको भन्दै बैंकहरुले नियामक निकायको निर्देशन पालन गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।  गभर्नर अधिकारीले  २१ बटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको कुरा पालैपालो सुनेका थिए ।

‘सुरुमा डेपुटी गभर्नरले केही कुरा राख्नुभयो । त्यसपछि गभर्नर आफैंले बैंकका सिइओलाई पालैपालो के कस्तो  समस्या छन्, नलुकाई भन्नुहोला भनेर एक एक बोल्न लगाउनुभयो,’ सहभागी एक बैंकरले भने,‘ बैंकिङ क्षेत्रमा केही दवाबको अवस्था आएपनि समान गर्नै नसक्ने अवस्था नरहेको सन्देश राष्ट्र बैंकको थियो ।

राष्ट्र बैंकले  वित्तीय क्षेत्रमा समस्या छैन भन्ने सन्देश दिन खोजेको छ ।’ बैंकरले केही समस्या र केही सुझाव सहित आफ्नो भनाइ राखेका थिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा रिकभरीमा चुनौती हुनसक्ने उल्लेख गर्दै सरकारले पूँजीगत खर्च भुक्तानी नगर्दा निर्माण क्षेत्रको कर्जामा समस्या भएको बताएका थिए ।

नगद प्रवाह कम हुँदा कर्जा रिकभरीमा जोखिम हुनसक्ने उनको भनाइ थियो । अन्तिममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्नो भनाइ राखेपछि बैंकहरुलाई गभर्नरले राष्ट्र बैंकको निर्देशन पालना गर्दै काम गर्न निर्देशन दिएका थिए ।

बैंकभन्दा माथि नियामक निकायको रुपमा राष्ट्र बैंक पनि रहेको भन्दै उनले राष्ट्र बैंकले पनि सबै परिस्थितिको अध्ययन गरिरहेको बताएका थिए । वित्तिय संस्थामाथिको विश्वसनियता नै प्रमुख कुरा भएको भन्दै निक्षेपकर्ता र ऋणीलाई कुनै समस्या हुन नदिने विश्वास बैंकरले दिलाउनुपर्नेमा गभर्नर अधिकारीले जोड दिएका थिए । कार्यक्रममा गभर्नरले कुनै नीतिगत परिवर्तनको वा राहतको संकेत गरेनन् । उनको समग्र मुड परिस्थीति बुझ्ने र बैंकहरूलाइ विश्वासमा लिने खालको मात्र देखिएको एक प्रमुख कार्यकारी अधिकृतले वताए ।

यो पनि पढ्नुहोस्

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

१७ मिनेट अगाडि
मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्ने

मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्ने

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक