शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‍‍दार्चुलाका स्थानीय तह दमकलविहीन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
‍‍दार्चुलाका स्थानीय तह दमकलविहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खलङ्गा – दार्चुलाका आठ स्थानीय तह दमकल (बारुणयन्त्र) विहीन अवस्थामा छन्।

नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ। तर उक्त दमकल पनि प्रयोगविहीन अवस्थामा छ। अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन।

सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयको गुनासो छ।

सदरमुकामस्थित खलङ्गा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल चलाउन मिल्ने सडक छैन। यसबाट आगलागी नियन्त्रणमा समस्या भएको स्थानीय धिरज ऐरीले बताए। ‘बाक्लो बस्ती छ, आगलागी भएको अवस्थामा दमकल लैजान मिल्ने अवस्था छैन,’ उनले भने। अव्यवस्थितरुपमा घर निर्माण गर्दा समस्या भएको ऐरीको भनाइ छ।

गत वर्ष सदरमुकाम खलङ्गामा एउटा पसलमा आगलागी भयो। तर उक्त ठाउँमा दमकल नै जान सकेन। लाखौँ रुपैयाँको क्षति भयो। जिल्लामा धेरै ठाउँमा आगलागीका घटना हुने गरेका छन्। आगो नियन्त्रण गर्न स्थानीय तहसित दमकल नहुँदा क्षति बेहोर्नुपरेको शैल्यशिखर नगरपालिका–६ का जितेन्द्र धामी बताउँछन्।

दमकल खरीद गर्न स्थानीय तहले चासो दिएका छैनन्। जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिए पनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यससम्बन्धी कार्यविधि बनाएका छैनन्। दमकल खरिदका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्ने गरेका छन्। अधिकांश स्थानीय तहले पालिकाको रकमबाट स्काभेटर खरिद गरेका छन्। रासस

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

५ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक