विराटनगर । कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाउनुभएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपिकाठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा आफूलाई चिनाउनेमा भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ ।
नेपालमा अक्सर बसोबास गर्ने भारतीयको संख्या १ लाख ३२ हजार ७८१ जना रहेको छ । चिनियाँ नागरिकको संख्या १ हजार ८८२ जना रहेको छ । भारतबाहेक सार्क मुलुकका नागरिक ५८० जना अक्सर नेपालमा बस्ने गरी विवरण टिपाएका छन् । भारत, सार्क र चिनियाँबाहेक अन्य मुलुकका नागरिकको संख्या १ हजार ९७५ जना रहेको समेत तथ्यांकमा उल्लेख छ । आफूलाई कुनै पनि मुलुकको भनी नचिनाएका व्यक्तिको संख्या १८९ जना रहेको छ ।
कार्यालयका अनुसार जुन व्यक्तिले आफुलाई जुन देशको नागरिक भनी टिपायो, यो विवरण सोही अनुसार आएको हो । कार्यालयले अक्सर बसोबास गर्ने अवधि कम्तीमा ६ महिनालाई मानेर विवरण संकलन गरेको थियो ।
तथ्यांक अनुसार नगरपालिका क्षेत्रमा १ लाख ९ हजार ९०४ जना भारतीय बसोबास गर्छन् । गाउँपालिकामा भने २२ हजार ८७७ जना रहेका छन् । नगरपालिकका क्षेत्रमा चिनियाँ नागरिकको संख्या १३ सय ३६ जना रहेको छ । गाउँपालिकामा ५४६ जना छन् । भारतबाहेक सार्क मुलुकका अन्य देशका नागरिक नगरपालिकामा ५५० र गाउँपालिकामा ३० जना बसोबास गरेको तथ्यांक छ । तेस्रो मुलुकका नागरिक भने नगरपालिका क्षेत्रमा १८ सय १६ र गाउँपालिकामा १५९ जना बसोबास गर्ने गरेको पाइएको छ ।
भौगौलिक क्षेत्र अनुसार हिमालमा २१ सय १९ जना भारतीय बसोबास गर्छन् । पहाडमा ५४ हजार ८३९ र तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिक बसोबास गर्ने गरेको पाइएको छ । भारतीय नागरिक सबैभन्दा धेरै बागमती प्रदेशमा ४८ हजार ३६१ जना बसोबास गरेका छन् । सबैभन्दा कम कर्णालीमा ६९१ जना रहेका छन् ।याँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको हो ।
पहिचान झल्किने नाम नराखेर कोशी प्रदेश नामकरण गरेको विरोधमा विभिन्न जातीय पहिचान भएका सामाजिक संघसंस्थाहरुको संयुक्त विरोध प्रदर्शनका क्रममा घाइते हुनुभएका लाजेहाङको उपचारका क्रममा मृत्यु भएको थियो । विराटनगरको प्रदर्शनका क्रममा टाउकोमा लाठीले लागेर घाइते हुनुभएका लाजेहाङको अवस्थाको बारेमा स्वयं आन्दोलनरत पक्षलेसमेत दुई दिनपछि मात्र जानकारी पाएको थियो ।
चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लंघन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामानय बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्यास र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो ।
सोही घटनामा घाइते हुनुभएका लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । उक्त घटनामा लाजेहाङ प्रहरी र आन्दोलनकारी मध्ये कुन पक्षको प्रहारबाट घाइते हुनुभएको हो त्यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रदेश सरकारले लिम्बूको निधनप्रति गहिरो व्यक्त गर्दै राहत प्रदान गर्ने निर्णय गरेको हो । साथै, मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारले उक्त घटना छानविन गर्न गठन गरेको छानविन समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पनि पारित गरेको छ ।


