मङ्ल, भदौ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मनमाेहक गल्याङको सुनपोखरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मनमाेहक गल्याङको सुनपोखरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा। गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्विक महत्व छ ।

यहाँबाट देखिने धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्णाका हिमशृङ्खलाहरुले सबैको मन लोभ्याउँछ । सल्लाका फेदमा बनाइएको बस्ने ठाउँ, संरक्षण गरेर राखिएको पुरानो चौतारी, मन्दिर, पोखरी, भ्युटावर तथा ओढारमा रहेको गणेश आकृतिको चट्टान आर्कषक देखिन्छ ।

वि.सं २०४५ साल अगाडि गौचरन रहेको सुनपोखरी डाँडा अहिले हरियाली र मनामोहक बनेको सुनपोखरी डाँडाका संरक्षण संयोजक दानबहादुर थापाले बताउनुभयो ।

२०५० सालसम्म वृक्षरोपण गरेर हरियाली बनाइएको डाँडा विस्तारै पिकनिक स्पटको रुपमा परिणत भएकाे हो ।

यहाँका भौतिक संरचनाहरु केहीमा स्थानीयले श्रमदान गरेका छन् भने तत्कालीन वन तथा भूसंरक्षण कार्यालयले पनि सहयोग गरेको थियो ।

सङ्घीय संचारना प्रणाली लागु भएपछि गण्डकी प्रदेशबाट १० लाख बजेट विनियोजन भएपछि उक्त डाँडामा ती संचरनाहरु निर्माण गरिएको हो ।

पछिल्लो समय गाउँका युवा विदेश पलायन हुने तथा बजारतिर स्थानान्तरण हुँदा गाउँका पर्यटकीय ठाउँहरुलाई प्रचारमा ल्याउन नसकिएको स्थानीय युवा उमेश दर्लामी बताउनुहुन्छ ।

डाँडामा रहेको मन्दिर तथा गाउँमा रहेका अन्य मन्दिरहरु गरी सात वटा मन्दिरमा चण्डी पूर्णिमाका दिन एकैपटक पूजा गरिने ऐतिहासिक महत्व रहेको छ ।

पहिले सुँगुर तथा बँदेलहरु पाइने पाइन्थे र सुँगुर तथा बँदेलले उधिनेर खाल्टो बनेको र खाल्टोमा पानी जम्मा भई पोखरी बनेपछि सुनपोखरी नामकरण भएको मानिन्छ ।

सुनपोखरी डाँडामा विभिन्न आमा समूह, क्लबहरु, विद्यालयहरु पिकनिकका लागी जाने गरे पनि उचित व्यवस्थापन भने हुन नसकेको दर्लामीले बताउनुभयो ।

पिकनिकका लागी जानेहरुलाई पिउने पानी, दाउरा, भाडाकुँडा, विजुलीको व्यवस्थापन गरिए पनि दीगो व्यवस्थापन हुन सकेको छैन । छेउमै रहेको ओढारमा गणेश आकृत्तिको चट्टान मा स्थानीयले पुजा अर्चना गरिने भए पनि ओढारसम्म जाने बाटोको उचित व्यवस्थापन हुन नसकेको हो ।

मगर संस्कृतिको समेत जर्गेना गर्दैै उद्यानको रुपमा विकास गर्न बजेट अभाव भएको उहाँको भनाइ छ । सुनपोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने देखिएको छ ।

 

गाेरखापत्र

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्याे

५ घण्टा अगाडि
तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

कांग्रेसको बैठक आज बस्दै

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक