काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो।
साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ। NIMB IME ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई,’ सन्देशमा भनिएको छ, ‘नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं।’ यसअघि भारतीय राष्ट्रपतिले पनि पौडेललाई बधाई दिएकी थिइनन्। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए भने सोमबार शपथ लिँदै शीतल निवास प्रवेश गरेका हुन्।काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो।
साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ।
‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई,’ सन्देशमा भनिएको छ, ‘नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं।’ यसअघि भारतीय राष्ट्रपतिले पनि पौडेललाई बधाई दिएकी थिइनन्। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए भने सोमबार शपथ लिँदै शीतल निवास प्रवेश गरेका हुन्।

