आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

चीनमा मन्त्रालय, आयोग र लेखा परीक्षण कार्यालयसहित २७ वटा निकाय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
चीनमा मन्त्रालय, आयोग र लेखा परीक्षण कार्यालयसहित २७ वटा निकाय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिनियाँ जनकंग्रेसले आगामी ५ वर्षका लागि मन्त्रिपरिषद्‍ गठन गरेको छ । शुक्रबार सी चिनफिङलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गरेको जनकंग्रेसले प्रधानमन्त्रीसहित बाँकी महत्त्वपूर्ण पदहरुको नियुक्तिलाई अनुमोदन गरेको छ । चीनमा मन्त्रालय, आयोग र लेखा परीक्षण कार्यालयसहित २७ वटा निकाय रहेका छन् ।

त्यसैगरी चार उपप्रधानमन्त्रीमा डिङ सुइसिआङ, हे लिफेङ, झाङ गुइचिङ र लिउ गुओझोङ रहेका छन् । त्यसैगरी स्टेट काउन्सिलरमा ली सङफु, वाङ सिआओहोङ, यु झेङलोङ, सेन यिचिन, चिन गङ रहेका छन् । उपप्रधानमन्त्री बराबरको हैसियतमा रहने स्टेट काउन्सिलरमा रक्षामन्त्री ली सङफु र विदेशमन्त्री चिन गङलाई नियुक्त गरिएको छ ।

 

 

 

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले मन्त्रिपरिषद्‍मा नियुक्त गरिएका व्यक्तिहरु विभिन्न कर्पोरेटहरुको कार्यकारी पदमा काम गरिसकेको जनाएको छ । चीनले ५ वर्षे कार्यकालमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई जोड दिने भएको छ । जसका लागि विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनागत सुधारमा केन्द्रित भएर सुधार कार्यक्रको घोषणा गरेको छ ।

त्यसैगरी वित्तीय नियमनका राष्ट्रिय प्रशासन स्थापना गर्ने भएको छ । कृषि क्षेत्र र अन्य मन्त्रालयमा प्रविधि नीतिहरुको सञ्चालनलाई रुपान्तरण गर्ने बताइएको छ । त्यसैगरी देशभित्र प्राविधिक क्षेत्रमा सफलता दिलाउन भूमिका खेल्ने बताइएको छ ।

प्रधानमन्त्री ली

 

प्रधानमन्त्रीमा ली छ्यान नियुक्त भएका छन् । गत अक्टोबरमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनले लीलाई पोलिटब्युरो स्ट्यान्डिङ कमिटीको दोस्रो वरियतामा नियुक्त गरेदेखि नै प्रधानमन्त्री हुने निश्चित भइसकेको थियो । जसलाई त्यहाँको संसद्‍ले शनिबार अनुमोदन गरेको हो ।

प्नधानमन्त्री ली सन् २००० को मध्यतिर राष्ट्रपति सी झेजिआङ प्रान्तको प्रमुख हुँदा प्रधानमन्त्री ली प्रमुख स्टाफ थिए । प्रधानमन्त्री बन्नुअघि ली झेजिआङको गभर्नर साथै जिआङसु र संघाईको पार्टी प्रमुख बने । त्यस क्षेत्रमा काम गर्दा उनले उद्यम र निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी चाउ एन लाई पछिका त्यस्तो नेता हुन्, जो उपप्रधानमन्त्री नभइ प्रधानमन्त्री बनेका हुन् । १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएपछि चाउ पहिलो प्रधानमन्त्री बनेका थिए । ली पार्टीभित्र दोस्रो वरियतामा रहेका छन् ।

लीको छनोटलाई कोभिड महामारी तथा अमेरिकासँगको बढ्दो टकरावको कारण आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नसक्ने नेताको रुपमा अर्थ्याइएको छ ।

अर्थतन्त्रको बारेमा महत्वपूर्ण भूमिका हुने अर्थमन्त्री र केन्द्रीय बैंकको गभर्नरमा पुरानैलाई निरन्तरता दिइएको छ । अर्थमा लिउ कुन र गभर्नरमा होउ काइ रहेका छन् । उनीहरु दुवैको निरन्तरता वित्तीय स्थायीत्वका लागि भएको ग्लोबल टाइम्सले जनाएको छ ।

उपप्रधानमन्त्री दिङ सुइसिआङ

पार्टी जनरल अफिसका प्रमुखको रुपमा दिङ पछिल्लो केही समयदेखि राष्ट्रपति सीको चिफ अफ स्टाफ रहेका थिए । पछिल्लो केही वर्षयता राष्ट्रपति सीको निकटमा रहँदै आएका थिए । उनी सीसँग फोटोहरुमा देखिन्थे र सीको काम कारबाहीमा उनको नाम आउने गरेको थियो । दिङले आफ्नो राजनीतिक जीवन संघाईबाट सुरु गरेका हुन् । जहाँ राष्ट्रपति सी २००७ मा छोटो समयमा पार्टी प्रमुखको भूमिकामा रहेका थिए । त्यस समयमा दिङ सीको सचिव थिए । नयाँ भूमिकामा दिङले अर्थतन्त्र हेर्ने पाउने छन् । दिङ पार्टीभित्र छैटौं स्थानमा छन् ।

हे लिफेङ उपप्रधानमन्त्री

हे लिफेङ अमेरिकासँगको व्यापार तथा लगानीको विषयमा हुने संवादका सम्पर्क व्यक्ति थिए । पछिल्लो समयमा हे राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग प्रमुख पनि बने । जसले चीनको आर्थिक योजना तयार पर्ने काम गर्छन् । तटीय क्षेत्र फुजियानमा सी र हे ८० र ९० को दशकमा सँगै काम गरेका थिए । उनी २४ सदस्यीय पोलिटब्युरो सदस्य हुन् ।

हान झेङ उपप्रधानमन्त्री

विश्लेषकहरु हानलाई सीको कोटरी बाहिरका नेता भएको बताउँछन् । तर राष्ट्रपति सीसँग उनको सम्बन्ध संघाईको पार्टी कमिटीदेखिकै हो । संघाई जिआङ जमिन समूहको राजनीतिक प्रभाव क्षेत्र पनि मानिन्छ । हानले संकटको समयमा हङकङ मामिलामा राष्ट्रपति सीलाई सघाएका थिए । गत अक्टोबरमा भएको पार्टी महाधिवेशनमा पार्टीको पोलिटब्युरो स्ट्यान्डिङ कमिटीबाट उमेर हदका कारण ६८ वर्षका हान बिदा भएका थिए ।

चिन काङ – स्टेट काउन्सिलर तथा विदेशमन्त्री

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

२२ मिनेट अगाडि
नेता घनश्याम भुसाल समाजवादीमा जाने तयारी

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

४ घण्टा अगाडि

डिसेम्बरमै विदेशमन्त्री भएका चिन काङलाई संसदले स्टेट काउन्सिलरको भूमिकामा नियुक्त गरेको हो । विदेशमन्त्रीमा नियुक्त हुनअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूत थिए । विश्लेषकहरु उनी राष्ट्रपति सीको विश्वासपात्र भएको बताउँछन् । सन् २०१४ देखि २०१८ सम्म उनी शिष्टाचारको प्रमुख रहेका थिए र सीका विदेश भ्रमणमा संलग्न हुने गरेका थिए । यसै वर्ष ५६ वर्ष पुगेका चिन चिनियाँ नेताहरुमध्ये सबैभन्दा कान्छा सदस्य हुन् । कतिपयले विदेशमन्त्रीलाई स्टेट काउन्सिलर बनाउने गरी संरचनागत परिवर्तन हुनसक्ने पनि बताएका छन् ।

लि साङफु स्टेट काउन्सिलर तथा रक्षामन्त्री

चीनका नवनियुक्त रक्षामन्त्री लि साङफु २०१८ देखि अमेरिकाको प्रतिबन्धित व्यक्तिको सूचीमा रहेका छन् । चीनले रुसबाट लडाकु विमान र उपकरण किनेपछि अमेरिकाले लि साङफुमाथि प्रतिबन्ध घोषणा गरेको थियो । लिले चिनियाँ सेनाको अन्तरीक्ष कार्यक्रमको पनि जिम्मेवारी सम्हाल्दै आएका थिए । अमेरिकासँग तनाव बढ्दै गएको समयमा चीनले रक्षामन्त्रीमा लिलाई गरेको नियुक्तिले संवादको सम्भावना कम हुने पनि बताइन्छ ।

यी काङ – केन्द्रीय बैंकको गभर्नर

यी काङको केन्द्रीय बैंकको गभर्नरको रुपमा दोस्रो कार्यकाल हो । ५ वर्षअघि पनि उनी नियुक्त भएका थिए । धेरैले मन्त्रिपरिषद पुनर्गठनमा उनी फालिने धेरैले अनुमान गरेका थिए । यीले अमेरिकामा अध्ययन गरेका हुन् । उनले इलिनोए विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । प्राध्यापकका रुपमा इन्डियाना र प्रड्यु विश्वविद्यालयमा अध्यापन गरेका थिए । उनी सन् १९९० देखि केन्द्रीय बैंकमा काम गर्दै आएका छन् । उनी सन् २०१८ मा केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए । राष्ट्रपति सीले विश्वास गरेकै कारण उनको कार्यकाल दोहोरिएको बताइन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक