बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भिजिट भिसामा खाडी हिँडेका १७ सय २८ जना फर्काइयाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाटै फर्काइएको छ ।

२०७९ वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार फागुन महिनाको २५ दिनमा मात्रै खाडीका विभिन्न देशमा काम गर्ने उद्देश्यले भिजिट भिसामा हिँडेका ४ सय ७६ जनालाई विमानस्थलबाट फकाइएको छ ।

विमानस्थलमा सोधपुछको क्रममा सरकारी नियम विपरीत उनीहरू पासपोर्टमा भिजिट भिसा लगाए पनि काम गर्नका लागि खाडीका देश यूएई, ओमान, कुवेत, कतार, कुवेत बहराइनजस्ता देशमा हिँडेको पाइएपछि ब्युरोले विमानस्थलबाटै फर्काएको हो ।

यसरी फर्काइनेमा धेरैजसो महिलाहरू रहेका छन् । महिलाहरूलाई विभिन्न गैरकानुनी एजेण्टहरुले गाउँबाट काठमाण्डौ ल्याउने र पासपोर्ट बनाउनेदेखि जहाज टिकटसम्म आफैँले काटेर भिजिट भिसामा खाडीका देशमा घरेलु काममा पठाउने गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘गाउँ गाउँबाट एजेण्टहरुले महिला दिदीबहिनीहरूलाई काठमाण्डौ ल्याउने, काठमाण्डौमा बस्ने खाने व्यवस्था गर्ने र पासपोर्ट बनाएर भिजिट भिसाको प्रक्रिया गरी टिकट पनि आफैँले काटेर खाडीका देशमा पठाउने गरेको पाइएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो ‘यसरी महिलालाई पठाएबापत नेपालका एजेण्टले विदेशका एजेण्टबाट डेढदेखि दुई लाख रुपैयाँ पाउँछन् ।’

पछिल्लो पाँच वर्षमा नेपाल प्रहरीमा ७५५ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा मात्रै १९६ मा मुद्दा दर्ता भएको छ । देशभित्रै, भारत, खाडीका विभिन्न देश लगायतबाट पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारमा परेका एक हजार ५९ जनालाई ब्युरोले उद्धार गरेको जनाएको छ ।

जसमध्ये ६७३ जना महिला र ३८६ जना पुरुष रहेका छन् । उनीहरूमध्ये कतिपय भने परिवारसँग सम्पर्क विहीन भएर हराएका व्यक्तिसमेत रहेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले खाडीका देशमा घरेलु श्रमिकका महिला श्रमिकलाई नेपालबाट पठाउन प्रतिबन्ध लगाएपछि भिजिट भिसामा खाडीका देशमा लग्ने र घरेलु काममा लगाउने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिलाई रोक्न ब्युरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै टोली खटाएको छ ।

भिजिट भिसामा वा श्रम स्वीकृति नै लिएर हिँडेको भएता पनि सोधपुछको क्रममा मानव बेचबिखन वा ओसारपसारमा पर्ने सक्ने जोखिम देखिएमा परामर्श गरी विमानस्थलबाटै उनीहरूलाई फर्काउने गरेको ब्युरोले जनाएको छ ।

‘भारतमा राम्रो काम र तलब पाउने भन्दै प्रलोभनमा पारेर लगिएको अनुसन्धानमा देखिन्छ भने खाडी राष्ट्रहरूमा पनि कतिपयलाई त श्रम स्वीकृति नै लिएर पठाइएको पाइन्छ भने धेरैजसोलाई चाहिँ भिजिट भिसाको आवरणमा खाडीका देशमा लग्ने र घरेलु काममा लगाएर समस्यामा पार्ने गरेको पाइएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो ।

भिजिट अर्थात् घुम्ने भिसामा कसैको विश्वासमा परेर काम गर्न नजान र आफू जाने देश, गर्ने काम, कम्पनी, त्यहाँ भाषा संस्कृति लगायतको बारेमा राम्रोसँग सोधपुछ गरेर मात्र जान पनि उहाँले अनुरोध गर्नुभयो ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

१ घण्टा अगाडि
‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक