काठमाडाैं । नेपालले ओडिआई इतिहासकै उच्च स्कोर बनाएको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीसंगको खेलमा उच्च स्केर बनाएको छ ।
नेपालको हालसम्म ओडिआईमा २८७ रनको उच्च स्कोर थियो । नामिवियासंगको खेलमा नेपालले २८७ रन बनाएको थियो । आज नेपालले उक्त उच्च स्कोर तोडेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ४८ ओभरमा ९ विकेटको क्षतीमा २८९ रन बनाएर खेलिरहेको छ ।