काठमाडाैं । आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ । दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ ।
१० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरुले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ । हेर्नुहोस् आयोगले प्रकाशन गरेको दल दर्ताको सूची :