मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पर्यटन

विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताए।

बैङ्किङ प्रणाली (डिजिटल पेमेन्ट) मार्फत पर्यटकले गर्ने खर्चको तथ्याङ्क पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्याङ्कमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्याङ्क निकाल्न सहयोग पुग्ने उनको भनाइ छ। अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ।

उनले भने, “मासिक वा वार्षिक रूपमा यति सङ्ख्यामा पर्यटक भित्रिए भनेर तथ्याङ्क निकाल्छौँ तर पर्यटकले गर्ने खर्च, उनीहरूको नेपाल बसाइ अवधि र मौसममा भर पर्छ। पछिल्लो एक दशकको तथ्याङ्क हेर्दा पर्यटक आगमन बढ्दै जाँदा पर्यटकले गर्ने खर्चसमेत बढ्दै गएकाले यकिन विवरण थाहा पाउन अध्ययन थालिएको हो।”

यस अध्ययनका लागि पर्यटन बोर्डका कर्मचारी र बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा प्रश्नको फाराम भरेर दैनिक दुई हजार नमुना सङ्कलन गरिने गरिनेछ । सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको र सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गरेको सरकारी तथ्याङ्क बोर्डसँग छ। ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’को प्रमुख टुलका रूपमा जारी यस अध्ययनबाट सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने विश्वास रहेको उनले बताए ।

आर्थिक सर्वेक्षण २०७८र७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५।५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको देखिन्छ। उक्त खर्च सन् २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५।१ दिन पुगेको थियो। सन् २०२१ मा बसाइ अवधि वृद्धि भएर १५।५ दिन पुगेको छ तर पर्यटकले गर्ने दैनिक खर्च भने ६५ अमेरिकी डलरबाट ४८ डलरमा सीमित छ। जुन सन् २०२० को तुलनामा २६।१ प्रतिशत कम हो । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपियाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको देखिन्छ।

सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशत बिदा तथा मनोरञ्जन, १०.३ प्रतिशत पर्वतारोहण÷साहसिक यात्रा÷पदयात्रा, ७.४ प्रतिशत तीर्थयात्रा र १५.५ प्रतिशतले अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका थिए। आरोहण र सिकार गर्ने गरी आउने पर्यटक बढी खर्चालु पर्यटकमा गनिन्छन्।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक