बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सदनमा नायक र खलनायक चिन्नै गाह्रो भयो सभामुख महोदयः सांसद असिम साह

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सदनमा नायक र खलनायक चिन्नै गाह्रो भयो सभामुख महोदयः सांसद असिम साह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – बुधबार भएको प्रतिनिधि सभा बैठकमा सांसद असिम साह निकै भावुक भएर देखा परे। नेपाली चलचित्रमा काम गरेको अनुभव सुनाउँदै सदनमा हुने राजनीतिका बारे सभामुखसामु सुनाए, ‘सदनमा नायक र खलनायक चिन्न गाह्रो भयो सभामुख महोदय।’

पहिलोपटक सदनमा उभिएर आफ्नो मन्तव्य राख्दै गरेका साहले अल्लाहलाईय सम्झिदै आफ्नो विगत पनि सम्झिए। कलाकार तथा सञ्चारकर्मी हुँदाका दिनमा संसदीय अभ्यासलाई नजिकबाट नियालेको र संसद भवनमा बारम्बार आइरहने गरेको सम्झिदै साहले भने, ‘मेरो यो सदनमा उपस्थिति आफैमा एउटा अपवादका रूपमा रहेको छ।’

अभिनय तथा निर्देशन यात्रामा पहिलोपटक अवार्ड संसदभवनमा पाएको बताएको सम्झिँदै आफूलाई संसद भवनका कुर्ची र भित्ताहरूले जालझेल षडयन्त्रबाट बँच्न र जनताको आवाज बोल्न खबरदारी गरेको बताए।

‘अहिलेका युवा पुस्ताले राजनीतिलाई षडयन्त्र र जालझेलको खेल नबुझुन ‘डामाडोल’ देशलाई सही ट्रयाकमा ल्याउन जरुरी छ’, उनले भने, ‘देश बनाउन डामाडोल चलचित्र छोडेर सभापती रवि लामिछानेको होस्तेमा हैसे गर्दै म यो सदनसम्म आइपुगेको हुँ तर सदनमा आइपुगेपछि थाहा भयो यहाँ त अर्को रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको छ।
चलचित्रमा पात्रहरू स्पष्ट हुने र नायक तथा खलनायक पनि स्पष्ट रूपमा चिनिने बताउँदै भने, ‘नायक र खलनायक चिन्न गाह्रो भयो सभामुख महोदय।’

अस्तिसम्म नायकजस्ता देखिने पात्र खलनायकजस्तो र खलनायक जस्तो देखिने पात्र नायकजस्तो पो देखिन थालेको देखेर आश्चर्य मानेको बताए साहले।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउँ गर्दै भने, ‘एउटा हाम्रो पात्रलाई यसरी डाँडा कटाइएको छ मनौ ऊ कहिल्यै पनि फर्किएर आउँदैन । तर अहिले त मध्यान्तर पनि भइसकेको छैन सभामुख महोदय, हाम्रो पात्र फर्किएर आउँछ।’
नेपाली चलचित्रको पटकथा र निर्देशकको उदाहरण दिदै सदनमा हुने राजनीतिको असली लेखक तथा निर्देशक चिनाइदिन सभामुखलाई अनुरोध गरे ।

‘राष्ट्रिय हुन कि अन्तर्राष्ट्रिय हुन् रु ती राजनीतिक लेखक तथा निर्देशक चिनाइदिन सभामुख समक्ष अनुरोध गरे साहले।
सांसद साहले चलचित्र जस्तो भए पनि मौलिकता हुनुपर्छ । कथा पनि माटो सुहाउँदो हुनुपर्छ र नेपालीले नै लेखेको हुनुपर्छ भन्ने उदाहारण दिदै राजनीति पनि संयोगान्त हुनुपर्ने र जनताको हितको पक्षमा हुनुपर्ने आशा सुनाए ।

अन्तिममा साहले भने, ‘संसदमा बायोमेट्रियक हाजिरीको व्यवस्था होस ता कि जनप्रतिनिधिलाई पनि सदनमा जवाफदेही हुने गरी देख्न पाइयोस् ।’

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक