शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रतिधिनिसभा सदस्य डा. चन्द्र भण्डारीको परिवारमा १८ महिना नपाउँदै अर्को विपत्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रतिधिनिसभा सदस्य डा. चन्द्र भण्डारीको परिवारमा १८ महिना नपाउँदै अर्को विपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिधिनिसभा सदस्य डा. चन्द्र भण्डारीको परिवारमा १८ महिनामै अर्को विपत्ती आइलागेको छ ।

१६ असार, २०७८ मा सवारी दुर्घटनामा परी भण्डारीको भाइ डा. शंकर भण्डारीको निधन भएको थियो । भाइ गुमाएको डेढ वर्षमा बुधबार राति ग्याँस सिलिण्डर बिस्फोटमा परी ६१ वर्षका भण्डारीसहित उनका ८६ वर्षीय आमा हरिकला भण्डारी गम्भीर घाइते भएका छन् ।

बुद्धनगरस्थित निवासमा नेता भण्डारी आमासहित परिवारका सदस्यसँग केही वर्षदेखि बस्दै आएका थिए । घाइते भण्डारी र उनकी आमाको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालको आकस्मिक विभागमा उपचार भइरहेको छ ।

सांसद भण्डारीको अनुहार, दुबै हात र दुवै गोडाहरूमा गरी २५–३०% र आमाको जीउको अधिकांश भागमा गरी ७०% जलन भएको तथा दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएकोहुनसक्ने अस्पतालले जानकारी दिएको छ ।

श्रोत र साधनको अभावका कारण दुवै जनाको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको छ । भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनकी आमाको आइसियुबाट बाहिर निकाल्ने अवस्था नभएकाले कीर्तिपुरमै उपचार हुनेछ ।

नेपाली राजनीतिमा एक आदर्श नेताका रूपमा परिचित भण्डारी मंसिर ४ मा भएको प्रतिनधिसिभा निर्वाचनमा गुम्मी–१ बाट सदस्यमा निर्वाचित भएका थिए । भण्डारीले एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए । भण्डारी वौद्धिकता, शालिनताका साथसाथै वेथितिमाथि कडा रूपमा खबरदारी गर्ने नेतामध्ये एक पर्छन् ।

१८ महिना पहिले त्यो भयानक दुर्घटना

गतवर्ष रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा भएको कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका उनका ५२ वर्षीय भाइ शंकर भण्डारीको निधन भएको थियो । चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी निधन भएको थियो । घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पु¥याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो । आफैले कार चलाएका भण्डारीले खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो । उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए ।

कसरी भयो घटना ?

घटनालगत्तै भण्डारीको निवास पुगेको प्रहरी अनुसन्धानले असावधानीका कारण घटना हुन पुगेको देखाएको छ । प्रहरीका अनुसार, भण्डारीको किचनमा रहेको ग्यास पहिलेदेखि नै खुला छाडेको भेटिएको छ । पहिलेदेखि नै भुलवश खुला रहेको ग्यास असावधानीवश खोल्न लाग्दा उक्त घटना हुन पुगेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले नेपालवाचलाई जानकारी दिए ।

‘उहाँहरूको किचन रूममा पहिले नै बिर्सिएर ग्यास खुला छाडिएको रहेछ । तर उहाँहरूले थाहा पाउनुभएन र ग्यास बाल्नुभयो । त्यसैक्रममा एक्कासि ग्यास विस्फोट भयो,’ प्रवक्ता पोखरेलले बताए ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

८ मिनेट अगाडि
आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मनाउँदै

आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मनाउँदै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक