बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सार्कलाई चलायमान बनाउनेबारे छलफल : परराष्ट्रमन्त्री पौड्याल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सार्कलाई चलायमान बनाउनेबारे छलफल : परराष्ट्रमन्त्री पौड्याल

kqsf/ ;Dd]ngdf dGqL kf}8ofn sf7df8f}F, @@ df3M k/fi6«dGqL 8f ljdnf /fO{ kf}8ofn cfOtaf/ >Lnªsfsf] d}qLk"0f{ ed|0f ;DkGg u/L :jb]z kmls{g] qmddf lqe'jg cGt/fli6«o ljdfg:yndf kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ug{'x'Fb} . tl:a/ M rG›snf If]qL÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज (आइतबार) स्वदेश फर्कनुभएको छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ जानुभएका उहाँले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।

स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्याले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी गराउनुभयो । उहाँले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “हामीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गर्‍यौँ ।”

यसअघि मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबर्धनेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहनुभएका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । सबै भेटमा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताउनुभयो ।

“सार्कका विभिन्न संयन्त्र छन्, हाल राज्य/सरकार प्रमुखको तहमा नबसी अन्य तलका संयन्त्रबाट सार्कलाई पुनः चलायमान गर्दै लैजाने कि भन्नेलगायत विभिन्न विकल्पका बारेमा सकारात्मक छलफल भएको छ । यद्यपि यसमा अझै गृहकार्य गर्न बाँकी छ” मन्त्री पौड्यालले भन्नुभयो, “सार्कका गतिविधिलाई प्रभावकारी र पुनः चलायमान बनाउन हाल सार्क मुलुकका विदेश  सचिवहरुको अनलाईन बैठक बस्ने भन्ने विषयमा छलफल भएको छ ।”

श्रीलङ्काले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो । श्रीलङ्काले जलवायु परिवर्तनसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै मन्त्री पौड्यालले नेपालले पनि त्यसमा सहकार्य गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले दक्षिण एसियाली मुलुकहरु जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्न सबैसँग कुरा गरेको बताउनुभयो ।

यसैगरी बङ्गलादेशसँग ऊर्जा व्यापार बारेमा कुरा भएको, माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्सको ठूलो माग रहेको अवस्थामा सम्झौता गरेर प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको मन्त्री पौड्यालले बताउनुभयो । रासस

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

६ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक