बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

‘भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ’

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
‘भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेकाले त्यसलाई थप प्रगाढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ । यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ । धार्मिक सम्बन्ध पनि प्रगाढ छ । आर्थिक रुपमा सम्बन्ध छ । व्यापार सम्बन्ध छ । पारवान सम्बन्ध छ । सामाजिक रुपमा पनि हाम्रो सम्बन्ध राम्रो छ ।’

भारतसँग नजिकको सम्बन्ध भएकैकारण सीमा विवाद देखिएको उनले बताए । वार्ता, सहमति र संवादको माध्यमबाट समस्या समाधानमा दुवै देश तयार हुनुपर्छ उनले बताए । नयाँ प्रकारले सम्बन्ध अघि बढाउनुपर्ने उनको सुझाव छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले छिमेकीसँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले पहिलो कुरा सुशासनको प्रत्याभुति गर्ने भनेको छ, दोस्रो कुरा थिलथिलिएको प्रणालीलाई सुधार गर्ने र तेस्रो मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुधार गर्ने । यो सरकारको प्राथमिकताभित्र पर्ने विषय हो ।’

आजको सम्बन्ध भनेको आर्थिक कुटनीति भएको उनले बताए । युग र प्रविधिको विकासले हामी दुवै देश नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताए । त्रुटि भएको ठाउँमा कुटनीतिक तवरले हल गरेर जाँदा समस्या समाधान हुने उनको भनाइ छ । नेपालमा विजुली उत्पादन बढी भएर अब बजारको समस्या आइरहेकाले भारतले त्यसमा सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘यसका लागि बजार सहजीकरण गर्न भारतले भूमिका खेल्नुपर्छ । अहिलेको सरकारले सम्बन्धको हिसाबले भारतीय पक्षसँग त्यो प्रकारको कुरा राख्नुपर्छ ।’ भारतसँग नेपालको सम्बन्ध धेरै बिग्रिएको छैन् । धेरै सप्रिएको पनि छैन् । ठीकै सन्तुलनमा हामी छौं उनले बताए । असंलग्नता र पञ्चशीलको आधारमा हामी हाम्रो विदेश नीति सञ्चालन गर्नुको विकल्प नरहेको उनले चर्चा गरे ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

४९ मिनेट अगाडि
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक