काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारलाई भेटेका छन्। लामिछानेले कीर्तिपुर वर्न अस्पताल पुगेर आफन्तसँग भेटी सान्त्वना दिएका हुन्।
मंगलबार दिउँसो संघीय संसद् भवन, नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
आचार्यको निधनपछि भावविह्वल अवस्थामा रहेको परिवार तथा आफन्तलाई भेट्न लामिछाने अस्पताल पुगेका हुन्।
आचार्यक निधनपछि लामिछानेले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै माफी समेत मागेका थिए।


