बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

‘एक महिनाभित्र सडक खाल्डाखुल्डीमुक्त हुनुपर्छ’

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘एक महिनाभित्र सडक खाल्डाखुल्डीमुक्त हुनुपर्छ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं उपत्यकाका सडक खाल्डाखुल्डीमुक्त बनाउन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विशेष पहल थालेका छन् । मन्त्री श्रेष्ठले बुधबार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित सरोकारवाला पक्षसँग छलफल गर्दै एक महिनाभित्र सबै सडक खाल्डाखुल्डीमुक्त हुनुपर्ने बताएका छन् ।

सो अवसरमा उनले सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, उपत्यकाका तीन वटै सडक डिभिजनका प्रमुख, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायतका सरोकारवालासँग छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा १५ दिनभित्र र देशभर १ महिनामा खाल्डाखाल्डीमुक्त सडक बनाउने मन्त्रालयको योजनाअनुसार सक्रिय हुन सम्बन्धित सबैलाई निर्देशन दिए ।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका सडक कस–कसको स्वामित्वको हो, त्यसको पहिचानगरी सम्बन्धित पक्षले सडकको अवस्था निक्र्यौल गरी गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । सडकमा समस्या भए वा मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायले तुरुन्तै काम गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

‘अब हिजोको जुन शैलीमा काम हुन्थ्यो, त्यसमा परिवर्तन आवश्यक छ । यो वा त्यो बहानामा काम ढिलो हुनु हुँदैन’ काठमाडौं उपत्यकाका सडकलाई एउटै ‘फ्रेम’मा ल्याएर काम गर्न पनि उनले निर्देशन दिए ।

कार्यक्रममा काठमाडौँका मेयर बालेनले मन्त्रालय, सडक विभागलगायत अन्य निकायसँग समन्वय गर्न आफू तयार रहेको बताए । सडकलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्रालयको अग्रसरतामा ऐक्यबद्धता जनाउँदै महानगरको मातहतमा रहेका सडकको खाल्डाखुल्डी पुर्न आफू तयार रहेको उनले प्रतिवद्धता जनाए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने सार्वजनिक खरिद ऐन, २०६३ मा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । महानगरले गुणस्तरलाई ध्यान दिएको उल्लेख गर्दै मेयर महर्जनले मन्त्रालयले थालेको काममा सहयोग गर्न ललितपुर महानगरपालिका तयार रहेको बताए ।

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

३ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक