बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

अर्थमन्त्रीको व्यवसायीप्रतिको प्रतिबद्धताले गरेको संकेत ! जनताप्रतिको प्रतिबद्धता के हो ? 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अर्थमन्त्रीको व्यवसायीप्रतिको प्रतिबद्धताले गरेको संकेत ! जनताप्रतिको प्रतिबद्धता के हो ? 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
अर्थतन्त्रको प्रतिकूल अवस्थाबीच अहिले नयाँ सरकार गठन भएको छ । धेरै दलहरुको गठबन्धनबाट बनेको यो सरकारले कसरी काम गर्ला र विगतको सरकारभन्दा कति फरक होला भन्ने आम चासो छ । यसबीचमा सरकारका नयाँ मन्त्रीहरुले केवल निर्देशनलाई नै प्राथमिकता दिइरहँदा आम सर्वसाधारणलाई फरक पार्ने खालका निर्णय कतिबेला गर्लान् ? यो प्रतीक्षाको विषय बनेको छ ।
नयाँ सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै मात्र उद्योगी व्यवसायीसँगको भेटमा उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराश हुनु नपर्ने गरी काम गर्ने जनाएका हुन् । उनले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए । उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि उनको भनाइ थियो ।
सरकारले व्यवसायीको मागलाई सुन्नु र उनीहरुको समस्या समाधानलाई प्राथमिकता दिनु राम्रो विषय हो । किनभने उद्योगी व्यवसायीले निर्बाध र निर्भय रुपमा उत्साहजनक रुपमा आफ्नो कारोबार सञ्चालन गर्न पाएमा त्यसले देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने हो । तर, नेपालमा भने केही उद्योगी व्यवसायी कानुनभन्दा माथि रहेर र जनताको अहितमा हुने गरी व्यवसायी सञ्चालन गर्छन् । जस्तै, नेपालको बैंकिङ क्षेत्रलाई हेर्दा हुन्छ । नेपालको बैंकिङ क्षेत्र पुराना साहुमहाजनभन्दा कम छैनन् । उनीहरु एउटा ब्याजदरमा ऋण दिन्छन् र वर्षैपिच्छे ब्याजदर वृद्धि गर्छन् । देशको अर्थतन्त्र संकटमा जाँदै गर्दा बैंकहरु भने अर्बौं नाफामा छन् । बैंकहरुको यो लूटलाई कुनै पनि सरकारले नियन्त्रण गर्न सकेको छैन । अर्कोतर्फ उद्योगी व्यवसायी आफैं उत्पादन गर्ने भन्दा पनि आयात गर्ने र बढी मुनाफा लिएर सामान बिक्री गर्न सक्रिय छन् । यसले देशमा केवल दलाल पूँजीवादको विकास भएको छ ।
तर, वास्तविक श्रमिक वर्ग, किसान जस्ता सर्वसाधारणको हितमा भने सरकारका योजना कमै छन् भने तिनको कार्यान्वयन पनि सन्तोषजनक छैन । उदाहरणका लागि एउटा किसानले कहिले पनि समयमा मलबीउ पाउँदैन । एउटा श्रमिकले कहिले पनि न्यूनतम पारिश्रमिक पाउन सक्दैन । यसलाई कार्यान्वयन गर्न भने सरकार सधैं उदासीन हुँदै आएको छ । ठूलो समुदाय श्रमिक र किसानको हितमा आफ्नो प्रतिबद्धता अर्थमन्त्रीले कुन दिन गर्लान् ? कुन दिन साँच्चै काम होला ? अहिले त्यो प्रतीक्षाको विषय छ । हाल उद्योग व्यवसायीको हितमा मात्र काम गर्दा त्यसले अर्थतन्त्रमा क्षणिक रुपमा सुधार त देखिएला, तर वास्तवमै अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउने हो भने सरकारले बैंकवित्त, शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको लुट नियन्त्रण गर्नुपर्छ, भ्रष्टाचार निर्मूल गर्नुपर्छ भने कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने बाटोमा लाग्नुपर्छ । यसका लागि किसानलाई मल बीउ तथा अनुदानको व्यवस्था गर्नुपर्छ । साथै जोताहा किसानको स्वामित्वमा जग्गा कायम गराउने नीति अवलम्वन गरिनु पर्छ, यसका साथै देशमै बढीभन्दा बढी कलकारखाना खोलेर युवाशक्तिलाई रोजगारीको व्यवस्था गर्नुपर्छं, आगे सबैलाई चेतना भया !

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक