सोम, कार्तिक १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैंकहरूको वित्तीय स्थितिमा उल्लेखनीय सुधार

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। वाणिज्य बैंकहरूमा जस्तै राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय स्थितिमा पनि उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका ८ वटा विकास बैंकहरूले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी बैंकहरूले कुल ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्र मुनाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा विकास बैंकहरूको समग्र नाफा ११३.२३ प्रतिशतले बढेको हो।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने सूचीमा लुम्बिनी विकास बैंक अगाडि देखिएको छ। अघिल्लो वर्षको असोज मसान्तसम्म ३४ करोड ८५ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको यो बैंकले यसपटक लोभलाग्दो प्रगति गर्दै ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक ३२ करोड २४ लाख २४ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। मुक्तिनाथको नाफा गत वर्षको (२२ करोड ४७ लाख रुपैयाँ) तुलनामा ४३.४४ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक गतिविधिको सुस्तताका बाबजुद अधिकांश विकास बैंकहरूले आफ्नो नाफा बढाएका छन् भने केही बैंकको नाफामा भने संकुचन आएको छ।

उच्च वृद्धि हासिल गर्ने बैंकहरू: ज्योति विकास बैंकले नाफामा उच्च वृद्धि दर्ता गरेको छ। बैंकले गत वर्षको ७ करोड ३ लाख रुपैयाँबाट नाफा बढाएर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुर्‍याएको छ। त्यस्तै महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले बढेर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढेर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको छ।

नाफा घटेका बैंकहरू: गरिमा विकास बैंकको खुद नाफा ४.१७ प्रतिशतले घटेर २४ करोड १ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि २.६६ प्रतिशतले घटेर १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

सांग्रिलाको नाफामा उच्च गिरावट: सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने उल्लेख्य गिरावट आएको छ। गत वर्ष सोही अवधिमा ८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको सांग्रिलाले यस वर्ष ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ मात्र नाफा कमाएको छ।

बैकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र खराब कर्जा असुलीमा सुधार आएको जनाइएको छ।

यो पनि पढ्नुहोस्

नबिल बैंकले ११ प्रतिशत लाभांश घोषणा

नबिल बैंककाे खुद नाफा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ

१ दिन अगाडि
राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज दिउँसो कांग्रेसकाे बैठक बस्दै

अमिताभ बच्चन र समर्थकहरुबीच भेटघाट

भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य

बर्दीको मर्यादा, आर्थिक अनुशासन र नागरिक सेवामा सम्झौता हुँदैन : एसएसपी काफ्ले

उम्किने सपना नदेख्न प्रमकाे चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक