कैलाली । गौरीगंगा नगरपालिका ४ राजीपुर बस्ने नरेन्द्र खडायत महेन्द्र देउवालाई प्रहरीले पेस्तोसहित पक्राउ गरेको छ । उनीहरुबाट मेड ईन युएसए लेखिएको खाली म्याग्जिन पेस्तोलसहत बुधबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्र देउवाको घरबाट उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


