काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद् लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिएका छन्।
हत्या अभियोगमा फरार सूचीमा रहेका महतोलाई पक्राउ गर्न आफूले प्रहरी महानिरिक्षकलाई भनेको गृहमन्त्री लामिछानेले बुधबार बताएका हुन्।
लामिछानेले भने, ‘मैले संसदमा देखिँन। पछि जानकारी पाएँ। जानकारी पाए लगत्तै मैले आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु।’
महतो महोत्तरी २ बाट निर्वाचित भएका हुन्। उनीमाथि २०७२ भदौमा प्रहरीलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको आरोप लागेको छ।


