काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्रै हुने बताएका छन्।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले पृथ्वीनारायण शाहका दिव्योपदेश आत्मसाथ गर्नुपर्ने आवश्यता औंल्याएका छन्।
उनले पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्न सके नेपालीहरुको स्वाभिमान सुरक्षित हुने विश्वास बताएका छन्। शाहले राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने उल्लेख गर्दै विचार, आदर्श, सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा राजनीति अल्मलिएको टिप्पणी गरेका छन्।
राजनीतिक उत्तारचढावप्रति निरपेक्ष रहनु ‘नेपाली राजसंस्था’को मौलिक विशेषता भएको उल्लेख गर्दै पूर्वराजा शाहले राष्ट्रियता र जनहितप्रति शाहवंशीय राजसंस्था नचुकेको दाबी गरेका छन्।