आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्‍यो लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्‍यो लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ।

पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेका हुन्।

राप्रपाका एक नेताले देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो। यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ।’

ती नेताले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेकाले उसले आफ्ना माग पूरा गरेको अवस्थामा उनैलाई विश्वासको मत दिने बताए।

‘हामीले प्रधानमन्त्री दाहाललाई समर्थन गर्छौँ भनिसकेका छौँ। त्यसैले उहाँहरुसँगको हाम्रो सहयात्रा कहाँसम्म अघि बढ्ने हो भन्ने कुरा उहाँहरुकै हातमा छ,’ अध्यक्ष लिङ्देनका विश्वासपात्र राप्रपाका एक नेताले भने।

सत्ता गठबन्धनले शुक्रबार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिँदैछ। त्यसमा राप्रपाका केही थप माग हुनेछन्।

एमालेका एक शीर्ष तहका नेताले पनि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नै लिन नदिने योजना कांग्रेसले बनाइरहेको सूचना आफूहरुलाई रहेको बताए। एमालेका पदाधिकारी तहका ती नेताले भने, ‘उहाँहरु (कांग्रेस) कम्मर कसेर लाग्नुभएको छ। प्रधानमन्त्री नै अफर गर्नुभएको कुरा आएको छ। तर त्यसलाई सफल हुन दिँदैनौँ।’

कांग्रेसले राप्रपालाई एमाले–माओवादीको गठबन्धनबाट बाहिर निकाल्न सके एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने आँकलन गरेको छ।

बिहीबार कांग्रेस सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेससँगको कुराकानीमा छन्। पुस २६ गते संसदमा दाहालको विपक्षमा १४१ जना सांसद पुर्‍याउने मिसनसाथ कांग्रेस अघि बढेको एक नेताले जानकारी दिए।

दाहालले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवसहित १६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीको नियुक्ति लिएका थिए।

यो पनि पढ्नुहोस्

चुनावी तालमेल नगर्ने प्रष्ट

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

५१ मिनेट अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक