शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालभाषा अभियान्ता एवम् नेपालभाषा शिक्षक सुमित दास रञ्जित तथा मनिष कुमार श्रेष्ठले संयुक्त रूपमा पाठ्यपुस्तककाे अभावबारे ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं महानगरपालिकाका तथा शिक्षा विभाग प्रमुख, काठमाडौं महानगरपालिका शिक्षा विभागलाई स्थानीय विषय नेपालभाषा  पाठ्यपुस्तकको अभावका बारे ध्यानाकर्षण गराइएकाे  पत्रमा शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा स्थानीय विषय नेपालभाषा का पाठ्यपुस्तकहरू उपलब्ध हुन नसकेको अवस्था अत्यन्त दुःखद, चिन्ताजनक तथा गैरजिम्मेवारपूर्ण देखिएको छ । विद्यार्थीहरूको आधारभूत सिकाइ अधिकारसँग प्रत्यक्ष सम्बन्धित यस्ता संवेदनशील विषयमा सम्बन्धित निकाय तथा समितिहरूबाट समयमे आवश्यक योजना, समन्वय र व्यवस्थापन हुनुपर्नेमा त्यसो हुन नसक्नु गम्भीर कमजोरीको संकेत भएकाे जानकारी गराइएकाे छ ।

झन् पहिलो कक्षाको परीक्षा असारको पहिलो हप्तामा सञ्चालन हुने तयारी भइरहेका बेला विद्यार्थीहरू पाठ्यपुस्तकविहीन अवस्थामा रहनु थप चिन्ताको विषय बनेको छ । अध्ययन सामग्री नै उपलब्ध नभएको अवस्थामा परीक्षा प्रश्नपत्र कुन आधारमा निर्माण गरिने हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । यसले विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई अन्योल र अन्यायको अवस्थामा पुर्याएको छ।

यसका साथै, कतिपय अवस्थामा विद्यालयहरूमा अनुगमन टोलीहरू आउने तर नेपालभाषा विषयको वास्तविक अवस्था तथा पाठ्यपुस्तक अभावको समस्या सम्बोधन नगरी केवल औपचारिकता पूरा गर्ने, चियापान गर्ने तथा फोटो खिचेर अनुगमन सम्पन्न गरिएको देखिएको छ । यस्ता औपचारिक र सतही अनुगमन प्रक्रियाले वास्तविक समस्या समाधानमा कुनै योगदान नपुर्याउने भएकाले अनुगमन प्रणालीलाई परिणाममुखी, तथ्यपरक र जवाफदेही बनाइनु आवश्यक छ ।

त्यसैगरी, नेपालभाषा विषयको अनुगमन गर्ने सम्पूर्ण टोलीहरूलाई केवल औपचारिक भ्रमणमा सीमित नराखी वास्तविक शैक्षिक अवस्था मूल्याङ्कन गर्ने, प्रत्यक्ष कक्षा अवलोकन गर्ने तथा विद्यार्थीको सिकाइ अवस्थासम्म पुग्ने गरी अनुगमनको दायरा विस्तार गरिनु अत्यावश्यक छ ।

नेपालभाषा समिति तथा जिम्मेवार निकायहरूको भूमिका केवल पद धारण गर्नु वा औपचारिक बैठकमा सीमित हुनु होइन। समयमे आवश्यकता पहिचान गर्ने, पाठ्यपुस्तक छपाइ तथा वितरणको सुनिश्चितता गर्ने र शैक्षिक गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गराउने दायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तर वर्तमान परिस्थितिले सम्बन्धित निकायको कार्यक्षमता, दूरदर्शिता तथा जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको छ ।

यसै सन्दर्भमा, यदि सम्बन्धित नेपालभाषा समिति दीर्घ समयदेखि अपेक्षित परिणाम दिन असफल हुँदै आएको हो भने, सो समितिलाई पुनर्संरचना गर्दै पुरानो असक्षम संरचना भंग गरी नयाँ पुस्ता, दक्ष जनशक्ति तथा विषयविज्ञहरूलाई समावेश गर्ने नयाँ समिति गठन गर्नु समयको माग भएको देखिन्छ । यसले मात्र नेपालभाषा शिक्षणलाई समयानुकूल प्रभावकारी र परिणाममुखी बनाउन सक्छ।

विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा देखिएको यस्तो ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । यदि सम्बन्धित काठमाडौं महानगरपालिका शिक्षा तथा स्वास्थ्य संयोजक चिनकाजि महर्जन र नेपालभाषा समिति पदाधिकारीहरू आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न असक्षम भएका हुन् भने नैतिक जिम्मेवारी स्वीकार गरी सम्मानपूर्वक पदत्याग गर्ने संस्कार स्थापित हुनु आवश्यक छ, ताकि सक्षम र जिम्मेवार व्यक्तिहरूले अवसर प्राप्त गर्न सकून् । अन्यथा सार्वजनिक जिम्मेवारीका पदहरू केवल रोजगारीको माध्यमका रूपमा सीमित भएको सन्देश जानेछ ।

अतः नेपालभाषा पाठ्यपुस्तक अभावको समस्या तत्काल समाधान गर्न, ढिलाइको वास्तविक कारण सार्वजनिक गर्न, अनुगमन प्रणालीलाई परिणाममुखी बनाउन तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिने स्पष्ट कार्ययोजना प्रस्तुत गर्न यहाँहरूको गम्भीर र तत्काल ध्यानाकर्षण गराउन चाहन्छु ।

विद्यार्थीहरूको हित, शैक्षिक गुणस्तर र सार्वजनिक जवाफदेहिताको सम्मान गर्दै आवश्यक कदम तुरुन्त चालिनेछ भन्ने अपेक्षा राख्दछु ।

यो पनि पढ्नुहोस्

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

३ घण्टा अगाडि
छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

नयाँ कानुन ल्याएर विकास निमार्णका सबै अवरोध एकै पटक हटाउँदै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक