शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

निराशाबीच आशा जगाउने सरकारको पहिलो बैठकका निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
निराशाबीच आशा जगाउने सरकारको पहिलो बैठकका निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण,
गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि देशले नयाँ सरकार पाएको छ । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने प्रदेशमा पनि सरकारहरु गठनको प्रक्रिया सुरु भएको छ । दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आई राजनीतिक यात्रा अघि बढाएका प्रचण्डको प्रधानमन्त्रीमा तेस्रो कार्यकाल हो । विगतका दुई कार्यकाल छोटो समय मात्र बिताएका उनले यसपटक भने कम्तीमा साढे २ वर्षसम्मको अवधि पाएका छन् ।
कांग्रेससँगको गठबन्धनमा सरकारमा रही चुनावमा पनि गएको माओवादी केन्द्रले सरकार गठनको बेलामा भने एमालेसँगको गठबन्धन रोजेको हो । विशेषगरी प्रधानमन्त्रीमा माओवादीले अडान राखे पनि कांग्रेसले छोड्न नमानेपछि नयाँ गठबन्धन सृजना भएको हो । विगतमा मनमुटाव भएर छोडेको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध राम्रोसँग सुधार नभईकन नै यो गठबन्धन भएकाले यसको आयु कति लामो होला भन्ने आशंका पनि छ । तर, देशमा नयाँ गठबन्धन र नयाँ सरकारको जिम्मेवारको हिसाबले पनि प्रचण्डबाट विगतको गल्ती नदोहो¥याइकन देश र जनताको हितमा काम हुने आशा गर्न सकिन्छ ।
स्वयं माओवादी पनि शान्ति प्रक्रियामा आई संसदीय अभ्यासमा सामेल भएको पनि डेढ दशक भइसकेको छ । तर, यो अवधिमा माओवादी क्रमशः मुख्य पार्टीबाट झर्दै सानो पार्टीमा खुम्चिन थालेको छ । पहिलो पटक चुनावमा सामेल हुँदा पहिलो पार्टी बनेको माओवादी अहिले तेस्रो पार्टी बनेको छ । माओवादीको गुम्दो लोकप्रियतालाई पुनः हासिल गर्ने विषयमा पनि प्रचण्डको आगामी कार्यकाल कस्तो हुन्छ भन्नेले पनि ठूलो अर्थ राख्नेछ ।
त्यसको सुरुवातमा भने राम्रो संकेत देखिएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अहिले बिग्रँदो अर्थतन्त्र सुधारदेखि आधारभूत सेवा लिन लाइनमा बसेका सर्वसाधारणलाई सम्बोधन गर्ने निर्णय गरेको छ । पछिल्लो समय नेपालको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ । कोभिड र रुस–युक्रेन युद्धको विश्वभर बढ्दो असर नेपालमा पनि देखिएको हो । नेपालकै सरकारको कमजोरी त यसमा छँदै छ । त्यसकारण अधोगतिमा गइरहेको अर्थतन्त्रलाई सुधारका लागि यो निर्णय हुनु राम्रो मान्न सकिन्छ ।
मन्त्रिपरिषले संकटमा रहेको अर्थतन्त्रलाई ध्यानमा राख्दै वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, प्रतिकात्मक रूपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकहरुका लागि तलब वृद्धि, कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको छ ।
यस्तै राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाईका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनर्संरचना गर्ने निर्णय गरेको छ । साथै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रूपमा घनिभूत गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा विषेशगरी राष्ट्रिय परिचय पत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रवाहलाई सुगम सरल र कम खर्चिलो झन्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।
साथै विकास परियोजनाहरूको सार्वजनिक खरिद, परियोजनाहरूको निर्माण तथा सञ्चालनमा देखिएको ढिलाई, जिम्मेवारी पन्छाउने प्रवृत्ति रोक्न काम गर्ने मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । निर्माण कार्यको गुणस्तरहीनता हटाउन, यस कार्यमा संलग्न हुने परियोजना प्रमुखलाई नै सबैभन्दा पहिले जिम्मेवार बनाउने र त्यसकै आधारमा वृत्तिविकास सुनिश्चित हुने गरी सार्वजनिक कानूनमा तत्काल सुधार गर्ने, विकाससम्बन्धी काममा तीव्रता दिन सो सम्बन्धी छुट्टै कानुन संसद्को आउने अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने मन्त्रिपरिगषद्को निर्णयमा भनिएको छ । प्रचण्ड नेतृत्वको सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद बैठकले गरेका निर्णय कार्यान्वयनमा तदारुकता देखाएमा आम जनमानसमा यसले ठूलो प्रभाव पार्नेछ भन्ने विश्वास गर्न सकिन्छ । यसलाई राजनीतिले पछिल्लो समय देखिएको निराशाका बीच आशा जगाउने निर्णय मान्न सकिन्छ । -जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१२ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक