भक्तपुर । चाँगुनारायण नगरपालिका-५ छालिङ डिगाउँ बस्ने आश कुमार दुवालको घरमा कोही नभएको अवस्थामा विभिन्न सुनको गरगहना र नगद १ लाख रूपैयाँ समेत गरी करिब ४ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


