काठमाडाैँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ।
ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गएराति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो।
उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको पनि उनले बताए। बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी र खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको पनि उनले जानकारी दिए। प्रहरीका अनुसार उनले व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि पैसा लिएको आरोप छ। – रासस


