काठमाडौँ – नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बेलुका मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो।
बैठकले अर्थतन्त्रमा सुधार, जनताका समस्या प्रभावकारी रुपमा सम्बोधन गर्नेलगायतका निर्णय गरेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।
नयाँ सरकार बनेपछि जनतामा आशा बढेको उनको भनाइ थियो। ‘नयाँ मन्त्रिपरिषद् गठन भएपछि जनतामा र आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ। मैले महशुस गरेको कुरा त्यो हो। त्यसका अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन्। मन्त्रिपरिषद्ले एउटा आशा जगाएको छ,’ उनले भने।
साथै मन्त्रिपरिषद् बैठक बलाउनेबारे पनि निर्णय भएको उनले बताए। उनले भने, ‘साथै हामी प्रतिनिधिसभाको बैठक बोलाउनेबारेमा पनि निर्णय गरेका छौँ। हामीले अब गभ्मीर रुपमा देशका अगाडि रहेका जनताका समस्याहरु सम्बोधन गर्न केन्द्रित अहुने संकल्प गरेका छौँ।’
गठबन्धन भए पनि आफूलाई काम गर्न असहज नहुने उनको भनाइ थियो। उनले भने, ‘सबै केही गरी छाड्ने भन्नेहरुको केन्दीकरण भएको छ। त्यसैले सहज छ।’

