काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
आइतबार गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदुर(पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। साथै, आज देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, आज रातीː सुदुर(पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


