बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ज्येष्ठ सदस्यका रुपमा जबरालाई राष्ट्रपति भण्डारीले गराएको शपथ ‘त्रुटिपूर्ण’, राष्ट्रपति कार्यालयले ढाँट्यो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
ज्येष्ठ सदस्यका रुपमा जबरालाई राष्ट्रपति भण्डारीले गराएको शपथ ‘त्रुटिपूर्ण’, राष्ट्रपति कार्यालयले ढाँट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार लिएको शपथ ग्रहण कानुनी रुपमा त्रुटिपूर्ण रहेको पाइएको छ।

जबराले ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपतिबाट शपथ लिएर बिहीबार प्रतितिनिधिसभा २ सय ७० जना र शुक्रबार थप दुई जनालाई शपथ ग्रहण गराएका छन्। तर, उनी आफैँले लिएको शपथमाथि भने प्रश्न उठेको छ।

कानुनी रुपमा विशेष ऐन भएको अवस्थामा त्यही ऐनअनुसार नै सार्वजनिक पदमा रहेका व्यक्तिले शपथदेखि आफ्ना सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्छ। विशेष ऐन नभएको अवस्थामा मात्रै ‘छाता कानुन’अनुसार जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ।

बुधबार जबराले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार शपथ ग्रहण गर्नुपर्ने भए पनि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शपथ सम्बन्धी ऐन २०७९’ मा भएको व्यहोरा अनुसार शपथ गराएको पाइएको हो।

संविधानको धारा ९१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ ले शपथ लिएर मात्रै संसद वा समितिको काम कारबाहीमा सहभागी हुन पाइने र उक्त शपथ जेष्ठ सदस्यबाट लिनुपर्ने व्यवस्था गरेको छ।

र, जेष्ठ सदस्यले चाहिँ राष्ट्रपतिबाट शपथ लिनुपर्छ। ऐनको दफा ७५ (१) मा उल्लेख गरिएको छ, ‘प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष अनुसूची–३ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ। तर संविधानको धारा ९१ को उपधारा (५) बमोजिमको सदस्यले राष्ट्रपति समक्ष शपथ लिनु पर्नेछ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची ३ अनुसारको शपथको व्यहोरा

यो व्यवस्था अनुसार जबराले बुधबार लिएको शपथ कानुनी रुपमा अवैधानिक छ। किनकी उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची ३ अनुसारको शपथ लिनुपर्ने भए पनि शपथ सम्बन्धी ऐन २०७९ को अनुसूची अनुसारको शपथ ग्रहण गरेका छन्।

जुन विशेष ऐन आकर्षित नहुने सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि गत भदौमा संसदले पारित गरेर लागू भएको थियो। जबराले राष्ट्रपति भण्डारीसँग सपथ लिएको राससले उपलब्ध गराएको भिडियोमा शपथ ऐनको अनुसूचीमा भएको व्यहोरा वाचन गरिएको छ।

शपथ सम्बन्धी ऐन २०७९, मा भएको शपथको व्यहोरा

राष्ट्रपति कार्यालयले ढाँट्यो

गलत कानुनको प्रयोग गरेर जेष्ठ सदस्यलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले सार्वजनिक रुपमा भने टाँढेको छ।

शपथ ग्रहणपछि राष्ट्रपति कार्यालयले आफ्नो वेवसाइटमार्फत जारी गरेको सूचनामा जबराले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ (१) अनुसार नै शपथ लिएको भनेर उल्लेख गरेको छ।

आधिकारिक निकायबाट प्राप्ट भिडियोमा भने फरक व्यहोराको शपथ गराइएको छ। राष्ट्रपति कार्यालयले कानुन महाशाखाको तयारीअनुसार नै शपथ गराएको दाबी गर्‍यो।

यस्तो छ पुस ६ गते राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

१२ घण्टा अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक