काठमाडौं- सिरियल किलर चार्ल्स शोभराज आजै छाड्ने भनिएकोमा भोली मात्रै थुनामुक्त हुने भएका छन्।
शोभराजलाई आजै थुनामुक्त गर्ने भनि कारागार गेटसम्म ल्याइएको थियो तर उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै उचित बसोबासको व्यवस्था गरेर भोली मात्रै छुट्ने उनका वकिल गोपाल सिवाकोटीले जानकारी दिए।
शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भोली मात्रै छोड्ने निर्णय भएको बताए।
केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षणसमेत भइसकेको छ।


