बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नयाँ सरकार गठन गर्न दिएको समय घर्किंदै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ सरकार गठन गर्न दिएको समय घर्किंदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ।

दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल नेता चयन गर्ने, त्यसपछि मात्रै नयाँ सरकार गठनबारे छलफल गर्ने जनाएका थिए। दलहरूले संसदीय दलको नेता चयन गरिसके तर को प्रधानमन्त्री बन्ने भन्ने विषय ‍औपचारिक रूपमा छलफल नै गरेका छैनन्।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूलाई दिएकी छन्।

यो समयभित्रै नयाँ सरकार बन्नेमा सत्ता गठबन्धनमा रहेका दलका नेताहरू ढुक्क छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनले पुस १० भित्र नयाँ सरकार बनाउने जनाए ।  सांसदको शपथ लिएसँगै बिहीबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्ने विषय सल्लाह भइरहेको बताएका छन्। बिहीबार नै प्रचण्ड सर्वसम्मत रूपमा संसदीय दल नेता चयन भएका थिए।

बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे कुराकानी भएको हो।

कांग्रेस सभापति देउवा पुन: प्रधानमन्त्री हुन चाहेका छन्। जनताको म्यान्डेट पनि कांग्रेस नेतृत्वमा सरकार गठन भएको जिकीर कांग्रेसको छ। कांग्रेसले प्रधानमन्त्री र सकेसम्म राष्ट्रपति पनि आफैँसँग राख्न खोजेको छ। प्रतिनिधि सभा संसदमा कांग्रेस ८९ सांसदसहित सबैभन्दा ठूलो दल छ।

नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ। आलोपालो सरकार गठनबारे ‘मौखिक समझदारी बनेकै हो’ भन्ने हिसावले माओवादीले प्रधानमन्त्री आफूले लिएर राष्ट्रपति कांग्रेसलाई राख्न भनेको माओवादीका एक नेता दाबी गर्छन्। अहिलेसम्म कांग्रेसले सरकारको नेतृत्व गरेकोले अब आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डको छ।

कांग्रेसका नेताहरूले भने यही गठबन्धनबाट नयाँ सरकार बनाउने गरी छलफल गर्दै जाने बताएका छन्। देउवा सरकारमा रहेका केही मन्त्रीहरूले आफूले गरेका कामकारबाहीबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन राखेकोले पनि दलहरू छिटै नयाँ सरकार बनाउँदैछन् भन्ने संकेत देखिएको छ।

सत्ता गठबन्धनमा कांग्रेस ८९, माओवादी ३२, एकीकृत समाजवादी १०, राष्ट्रिय जनमोर्चा १, लोसपा ४ गरी १३६ जना सांसद छन्। कांग्रेसमा ८९ जना सांसद भए पनि मनाङबाट निर्वाचित टेकप्रसाद गुरूङ संसद प्रवेश गर्न पाउँदैनन्, उनीविरूद्ध अदालतमा मुद्दा छ। तर उनले बिहीबार शपथ भने लिए। यो गठबन्धनसँग १३५ जना सांसद छन्, नयाँ सरकार बनाउन ३ सांसद पुग्दैन।

सत्ता गठबन्धनले ६ सांसद भएको जनमत पार्टीलाई पनि सरकारमा ल्याउन छलफल गरिरहेको छ।  यस्तै नेकपा एमालेले पनि आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कोशिस गरिरहेको छ। प्रतिनिधि सभामा एमालेका ७८ जना सांसद छन्। माओवादीले गठबन्धन छाडेर आए माओवादीसहित राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको साथ लिएर सरकार गठन गर्न सकिने एमाले नेताहरू बताउँछन्।

एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४ सांसद गरी १४४ सांसद पुग्छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्‍याउन १३८ जना सांसद चाहिन्छ। राप्रपा, रास्वपालगायत दलहरूले सरकारमा जाने आफूहरूको प्राथमिकता नभएको तर सरकार नै गठन हुन नसक्ने अवस्था आएमा सहयोग गर्न सकिने बताइरहेका छन्।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आइतबार अपरान्ह सकिँदैछ। त्यो बेलासम्म पनि दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुन: संविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ।

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

१२ घण्टा अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक