बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गगनको आग्रहः हिजोको चुनावबारे अनुमानका भरमा टिप्पणी नगरौँ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
गगनको आग्रहः हिजोको चुनावबारे अनुमानका भरमा टिप्पणी नगरौँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले बुधबार भएको संसदीय दलको चुनावलाई स्वभाविक रुपमा लिन आग्रह गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका थापाले चुनावी परिणामलाई स्वभाविक रुपमा लिँदै पार्टी निर्माणमा जुट्न आह्वान गरेका छन्। संसदीय दलको नेता देउवाले ६४ मत पाउँदा थापाले २५ मत पाएका थिए।

उनले परिणामप्रति नकारात्मक र अनुमानका भरमा टिप्पणी नगर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘आन्तरिक निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन। त्यसैले, कसैका प्रति कुनै पनि टिकाटिप्पणी नगर्न र संयमताका साथ आफ्ना धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दै पार्टी रुपान्तरण र राजनीतिमा परिवर्तनका लागि थप ऊर्जाशील हुन आग्रह गर्दछु।’

यस्तो छ थापाले गरेको आह्वान

हिजो अत्यन्त सौहार्दपूर्ण ढङ्गले सम्पन्न नेपाली कांग्रेस संसदीय दलको निर्वाचनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई थप सुदृढ बनाएको छ।

निर्वाचनका क्रममा देखिएको आम उत्साह र चासोले हामीलाई पार्टी रुपान्तरण र सांगठनिक सुदृढीकरणका लागि अझ समर्पित भएर लागिरहन ठूलो ऊर्जा थपेको छ । प्रक्रियामा देखिएको उत्साह जस्तै निर्वाचनको परिणामलाई पनि हार्दिकतापूर्वक लिएर कमीकमजोरीको विश्लेषण गर्दै, सांसद साथीहरूसँग निरन्तर सहकार्य गर्दै आगामी यात्रा अगाडी बढाउन प्रतिबद्ध छु ।

निर्वाचनमा नेपाली कांग्रेसका सबै सांसदज्यूहरूले आफ्नो विवेक र मताधिकार प्रयोग गर्नुभयो । यो उहाँहरूको छनोटको लोकतान्त्रिक अधिकार हो । मलाई मत दिन नसके पनि यो प्रक्रियामा सहभागी भएर मतदान गर्ने सांसद साथीहरूको चयनप्रति उच्च सम्मान गर्दै पार्टीमा आफ्नो सत्कर्मले हरदम उहाँहरूको मन जित्ने प्रयास गरिरहने छु ।

आन्तरिक निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । त्यसैले, कसैका प्रति कुनै पनि टिकाटिप्पणी नगर्न र संयमताका साथ आफ्ना धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दै पार्टी रुपान्तरण र राजनीतिमा परिवर्तनका लागि थप ऊर्जाशील हुन आग्रह गर्दछु।

निश्चय नै पार्टी गतिशील भइदियोस् भन्ने आम चाहना अनुरुप किन अपेक्षित परिणाम आउन सकेन भन्ने विषयमा समीक्षा गर्दै नयाँ ढङ्गले पार्टीलाई गतिशील बनाउन हामी निरन्तर प्रयत्नशील रहने छौं । यो अन्त्य होइन प्रारम्भ हो । पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । यो निर्वाचनले त्यो यात्रामा थप गति दिएको छ, बल र्पुयाएको छ। सबै सांसदज्यूहरू, पार्टीका अग्रज तथा साथीहरूसँग मिलेर पार्टी रुपान्तरण र मुलुकको समुन्नतिका लागि आगामी दिनमा म नथाकिकन अझ प्रतिबद्ध भएर लागिरहने प्रण गर्दछु।

यही समर्पित प्रयत्नले लोकतान्त्रिक प्रक्रिया जस्तै परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी एकदिन अवश्य पुग्नेछौं भन्ने मलाई विश्वास छ ।

आदरणीय अग्रज तथा साथीहरू एवं शुभेच्छा प्रकट गर्ने सबै नेपाली आमाबुबा, दिदीबहिनी र दाजुभाइप्रति पुनः हार्दिक आभार प्रकट गर्दछु ।
जय नेपाल

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

११ घण्टा अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक