बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

‘युक्रेन युद्धले विश्व साम्राज्यवादमाथि संकट चुलियो’

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
‘युक्रेन युद्धले विश्व साम्राज्यवादमाथि संकट चुलियो’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताउनुभयो । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिकलगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानव जातीका लागिसमेत नयाँ नयाँ संकट खडा गरेको बताउनुभयो ।
नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भन्नुभयो, ‘अहिलेको संकटको मुख्य विन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा ब्यापक संकट ल्याएको छ । परम्परागत साम्राज्यवादी शक्तिहरुमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तिय उपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरु पनि निम्त्याएको छ ।’
साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उहाँले बताउनुभयो । यसले मुलतः दुईवटा विकल्प तेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाई छ ।
‘युक्रेन युद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुन पनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानव जातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भन्नुभयो, अथवा साम्राज्यवादी अन्तरविरोध बढ्दै जाँदा जनताको प्रतिकारबाट समाजवादी क्रान्ति हुन सक्छ । यस्तो अवस्थामा मार्क्सवादी लेनिनवादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’
गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्व गरिरहेको र यो नै विश्व शान्ति खलल पुर्याउने मुख्य नाइके भएको बताउनुभयो । साथै, रसियाले युक्रेनको आत्मनिर्णयको अधिकार र शान्ति भंग गरिरहेको आरोप पनि लगाउनु भयो ।
विश्वभरको मार्क्सवादी लेनिनवादी संगठनहरुलाई कुनै पनि युद्धरत पक्षको साथ नदिन आह्वान गर्नुभयो ।
‘यदी युद्धरत कुनै पनि पक्षलाई समर्थन गर्छौं भने त्यो सामाजिक धोका हुन जान्छ’ उहाँले भन्नुभयो, ‘वर्गीय एकता बलियो बनाएर, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग जो हाम्रो हतियार पनि हो, त्यो हतियारद्वारा साम्राज्यवादविरुद्धको संघर्षलाई अघि बढाउनुपर्छ ।’
उहाँले आईसीओरले युक्रेन युद्ध तत्काल रोक्न माग गरेको बताउनुभयो । रसिया र युक्रेनको सिमा क्षेत्रलाई असैनिक क्षेत्र घोषणा गर्न तथा युक्रेनमाथि भएको क्षतिको रसियाले क्षतिपुर्ती भर्नुपर्ने र अमेरिकाले नाटोलगायत सैनिक संगठन विघटन गर्नुपर्ने बताउनुभयो ।
साथै, साम्राज्यवादी युद्धका कारण विश्वभर मानवजातीमाथि परेका आर्थिक, सामाजिक, सांस्कृतिक संकट एवम् वातावरणीय विनासविरुद्ध विश्वभरका मजदुरलाई आवाज उठाउन आह्वान पनि गर्नुभयो ।
आईकोरको पछिल्लो गतिविधिबारे जानकारी दिँदै संयोजक गार्टनरले साम्राज्यवादी–फासिवादी मोर्चा ‘युनाइटेड फ्रन्ट’ ले महत्वपूर्ण प्रयासहरु गरिरहेको बताउनुभयो । उहाँका अनुसार हालै सो संगठनले एक अन्तर्राष्ट्रिय वेविनार आयोजना गरेको थियो, जसमा २० देशका १०० बढी प्रतिनिधिहरु सहभागि थिए । पछिल्लो समयमा आईकोरप्रति विश्वका विभिन्न मुलुकबाट चासो बढिरहेको पनि उहाँले जानकारी दिनुभयो । यसै सन्दर्भमा आगामी सेप्टेम्बर ५ र ६ तारिखमा पेरिसमा विश्व साम्राज्यवाद तथा फासिवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्यो भन्दा अघि आउँदो जनवरीमा मजदुरहरुको एउटा कार्यक्रम पनि आयोजना गरिएको उहाँले बताउनुभयो ।

गार्टनरले सडेगलेको साम्राज्यवादलाई प्रतिस्थापन गर्न आइकोरले विश्वभरका समाजवादी संगठनहरुबीच संयोजनको प्रयास गरिरहेको भन्दै नेपालमा नेकपा (मसाल) ले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो । नेकपा (मसाल) आइकोरको सदस्य संगठन हो ।
नेपाल आएका जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरुलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले स्वागत गर्नुभएको थियो ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अखिल नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष प्रा.डा. श्रीधर गौतमले भाषा अनुवाद गर्नुभएको कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाबारे आइसीओर संयोजक गार्टनरले स्पष्ट पार्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

९ घण्टा अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक