काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको जनाएका छन्।
बिहीवार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू राष्ट्रपति नबन्ने संकेत गरेका हुन्।
नेपालले यसअघि २०६४ र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रश्ताव गर्दा अस्वीकार गरेको स्मरण गरे।
‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरे बमोजिम हुनेछ, नेपालले अगाडि भने,
‘राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो। २०७२ मा पार्टीबाट नै पस्ताव भएको थियो। मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’
सत्ता गठबन्धनमा भागवण्डा नमिलेको अवस्थामा यसपटक पनि नेपाललाई अरु दलले राष्ट्रपति बन्न प्रस्ताव गरेका छन्। तर नेपालले रुचि देखाएका छैनन्।


