बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया वीरगंज सडक खण्डको तिनकुने चोकबाट अवैध रूपमा ल्याउँदै गरेको करिब ६२ लाख ९० हजार रुपैयाँ बराबरको कपडा, किराना आईटम, औषधि, ब्याट्री लगायतका सामान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको ना.५ ख ६७४७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको छ ।


