बुध, असार १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

संसदीय दलको नेतामा उठ्ने डा. कोइरालाको तयारी, घोषणा गर्न मौसमले दिएन साथ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
संसदीय दलको नेतामा उठ्ने डा. कोइरालाको तयारी, घोषणा गर्न मौसमले दिएन साथ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – डा. शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रधानमन्त्री ‘प्रि इलेक्सन’का रुपमा मान्न सकिने कांग्रेस संसदीय दलको नेतामा कोइरालाले उम्मेदवारी दिने भएका हुन्। कोइराला गत मंसिर ४ गते भएको चुनावमा मोरङ ६ बाट निर्वाचित भएका छन्।

संस्थापन इतर समूहबाट गगन थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। अहिलेसम्म मौन बस्दै आएका डा. कोइराला थापालाई समथर्न नगरी आफैँ चुनावमा उठ्ने भएका हुन्।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन्। गत वर्ष भएको पार्टीको महाधिवेशनमा देउवा र कोइरालाबीच नै प्रतिस्पर्धा भएको थियो।

शुक्रबार गृहनगर विराटनगरबाट संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गर्ने तयारी गरे पनि मौसमका कारण रोकिएको छ। काठमाडौँबाट दोस्रो फ्लाइटमा बिहान ९ः२० बजे विराटनगर पुगेर आफ्नै निवासबाट चुनाव लड्ने घोषणा गर्ने तयारीमा रहेका कोइराला खराब मौसमका कारण काठमाडौँमै रोकिए।

गिरिजाप्रसाद कोइरालाले कुनै महत्वपूर्ण निर्णय गर्नुअघि गृहनगर विराटनगर पुग्ने शैली शेखरले पनि अपनाउन खोजेका थिए।

विमान नै उठ्न नपाएपछि रोकिएका कोइरालाको शुक्रबारका लागि बुढीगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रममा पनि जान नपाउने भएका छन्।

उनका स्वकीय सचिव दिनेश थपलियाले भनेका छन्, ‘विराटनगर विमानस्थलको खराब मौसमका कारण जहाज नउडेकाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बुढीगंगा गाउँपालिका वडा नं ६ नारायण मावि को कार्यक्रममा सहभागी हुन नसक्नुहुने जानकारी गराउँदछु।’

मोरङ १ बाट चुनाव जितेका कोइराला पक्षका डिगबहादुर लिम्बुले संस्थापन इतर समूहबाट दलको नेताको उम्मेदवार डा. कोइराला नै भएको दाबी गरे। उनले भने, ‘हामी छलफलमै छौँ। दलको नेतामा डा. कोइरालाको विकल्प छैन।’

गगन थापाले संसदीय दलको नेता उठ्नेबारे आफूहरुसँग छलफल नै नगरेको लिम्बुको भनाइ छ। ‘गगनजीले हामीसँग छलफल गर्नुभएको छैन। हाम्रो पक्षबाट पहिलो नेता डा. कोइराला नै हुनुहुन्छ। उहाँ नै उठ्नुहुन्छ, लिम्बुले अगाडि भने, ‘गगनजी दोस्रो नेता हो।’

प्रतिनिधिसभामा कांग्रेसले ८९ सिट जितेको छ। कोइराला पक्षले आफूसँग कम्तिमा ३० देखि ३५ सांसद रहेको दाबी गरेको छ।

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

१ घण्टा अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक