काठमाडौं । पत्रकार सरोज काफ्लेलाई पितृशोक परेको छ । उनका पिता परशुराम काफ्लेको बिहीबार निधन भएको हो । स्वर्गीय काफ्ले ७५ वर्षका थिए । काठमाडौंस्थित निवासमा अकस्मात् अस्वस्थ भएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको परिवारले जनाएको छ ।
उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय काफ्लेका श्रीमती र चार छोरा छन् । नेपालमा आर्थिक पत्रकारका रुपमा परिचित नेपाल अमेरिका पत्रकार संघ नेजाका सदस्य सरोज काफ्ले हाल अमेरिका छन् ।


