बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मोरक्को सफलताकाे अन्तरकथा: युरोपमा जन्म, अफ्रिकाको खुसी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मोरक्को सफलताकाे अन्तरकथा: युरोपमा जन्म, अफ्रिकाको खुसी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सायद विश्वकप फुटबलमा ३२ टिमको छनोट हुँदै गर्दा धेरै टिमजस्तै मोरक्कोलाई पनि सहभागितामा सीमित हुने टिमको सूचीमा राखिएको थियो।

अफ्रिकाबाट केही दवाव दिन सक्ने टिमका रूपमा ‘अफ्रिकन कप अफ नेसन्स’ विजेता सेनेगललाई लिँदा अन्य देश केवल सहभागिताका लागि मात्र कतारमा आउने आँकलन फुटबल पण्डितहरूको थियो।

समूह विभाजन हुँदै गर्दा समूह एफमा बेल्जियमलाई सहज रूपमा नकआउट पुग्ने टिमको पहिलो नम्बरमा राखियो। अनि अर्को टिम थियो- साविक उपविजेता क्रोएसिया अर्थात् दुई युरोपियन टिमलाई यो समूहबाट अन्तिम चारको दाबेदार मानियो। मोरक्को र क्यानडा यो समूहमा कमजोर टिमका रूपमा रहे।

तर, विश्वकपको सुरुवातसँगै मोरक्कोले निरन्तर तहल्का मच्चियो। क्वाटरफाइनल हुँदै सेमिफाइनलसम्म पुग्दा मोरक्कोले जितमात्र होइन, सिंगो अफ्रिकाको खुसी फर्काएको छ। उसले जाइन्ट किलरको छवि बनाएको छ। समूह चरणमा बेल्जियमलाई हराएको मोरक्कोलेले नकआउटमा स्पेन र पोर्चुगललाई घर पठाइसकेको छ।

उसले मोरक्कोको मात्र होइन, सिंगो अफ्रिकन फुटबलमा नयाँ रक्तसञ्चार गराएको छ। अझ मोरक्को सेमिफाइनलसम्मको यात्रामा यति धेरै रोमाञ्चक्ता छ कि विपक्षीले उसको पोस्टमा गोल नै गर्न सकेका छैनन्।

अर्थात् उसले केवल १ गोल मात्र खाएको छ, त्यो पनि आत्मघाती गोलका रूपमा त्यसैले ‘अन्डर डग’ मोरक्को अब उपाधि दावेदार बनेको छ।

मोरक्कोको यो खुसीका अनेकन कारण छन्। जसमा विश्वकपको स्क्वाडमा मोरक्कोमा नै पुस्तौँ विरासत बोकेका सीमित खेलाडीमात्र छन्। मोरक्कोको खुसी युरोपमा जन्मिएका खेलाडीहरूको दवदवा रहेको छ।

विदेशको जन्म मोरक्कोको सान

मोरक्कोको २६ सदस्यीय राष्ट्रिय टिममा देशमा जन्मिएका १२ मात्र खेलाडी छन्। तर उनीहरू शीर्ष ११ को स्क्वाडमा विरलै मात्र पर्छन्। जबकि १४ खेलाडी विदेशी भूमिमा जन्मिएर मोरक्को फर्किएका हुन्।

उनीहरू नै हुन् मोरक्को जगजगीका असिल हकदार। जसले स्पेन, क्यानडा, फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियममा जन्मिएर आफ्नो पितापुर्खाको देशलाई विश्वसामु फरक परिचय दिइरहेका छन्।

हरेक खेलाडीहरूको पछाडि मोरक्कोबाट खेल्ने आफ्नै कथाहरू छन्। कोही सानैमा मोरक्को फर्किएका थिए भने कोही बुबाको जन्मदेशका रूपमा सहभागी जनाएका छन्।

चर्चित गोलरक्षक यासिनी बौउनौउ ३ वर्षको उमेरमा कासाबेल्यान्स फर्किए। मोरक्कोका मातापिताको कोखबाट क्यानडामा जन्मिएका उनी मातापितासँगै सानैमा आफ्नो जन्म देश फर्किएका थिए।

बोनो नामबाट चर्चित रहेका यी स्टारले ८ वर्षबाटै मोरक्कोको युथ टिममा खेलेका थिए। तर, उनी सानैमा युरोपियन टिममा आवद्ध भए। अहिले उनी सेभियाबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

त्यस्तै, मोरक्कोका कि डिफेन्डर रहेका असरफ हाकिमी स्पेनमा जन्मिएका थिए। उनले स्पेनिस क्लब रियल म्याड्रिड हुँदै चर्चित युरोपियन लिगमा आफ्नो बलियो उपस्थिति देखाइसकेका छन्।

उनले बौरिसिया डर्टमुन्ड, इन्टर मिलान हुँदै अहिले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका छन्। त्यस्तै, कप्तान रोमन सैस पनि फ्रान्समा जन्मिएका मोरक्कोका स्टार खेलाडी हुन्।

उनले पनि युरोपका प्रतिष्ठित लिगहरूमा आफूलाई उपस्थित गराएका छन्। अहिले उनी मोरक्कोको सानका रुमपा रहेका छन्।

युरोपबाट प्रतिनिधित्व गर्न छोडेर किन फर्किए मोरक्को?

मोरक्कोका सबै खेलाडीले युरोपका प्रतिष्ठित लिगमा खेल्ने सामर्थ्य राख्छन्। अझ तीमध्ये मुख्य तीन खेलाडीले त युरोपियन राष्ट्रको मुख्य स्क्वाडमा नै स्थान बनाउन सक्ने क्षमता राख्छन्। तर तीन मुख्य खेलाडीले आफ्नो जन्मदेशको प्रतिनिधित्व गर्ने निधो गरे।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

३ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

३ घण्टा अगाडि

जसमा हाकिमी विशेष छन्। उनको निर्णायक पेनाल्टीमा नै स्पेन विश्वकपबाट बाहिरिएको थियो। हाकिमीले ८ वर्षबाटै रियल म्याड्रिडमा प्रतिस्पर्धा गरे। तर उनले यू-२० को उमेरबाट मोरक्कोबाट खेल्ने निर्णय लिएका थिए।

उसाे त हरेक खेलाडीको बताउनका लागि आफ्नै पृष्ठभूमि रहेको छ। तर उनीहरूले मोरक्कोको संस्कृति र राष्ट्रिय भावनामा कसरी एकजुट हुन पर्छ भनेर गतिलो सन्देश दिएका छन्।

उनीहरू सबै अहिले नयाँ इतिहास बनाउने प्रयासमा रहेका छन्। रोमनले पनि आफ्नो बुबा जन्मिएको देशको सानका लागि प्रतिस्पर्धा गरेको बताउने गरेका छन्। उनले २०१७ मा गार्जियनलाई एक अन्तरवार्ता दिँदै टिममा पहिलो च्वाइस हुनु या नहुनुले फरक नपार्ने भन्दै मोरक्कोबाट खेल्दाको सन्तुष्टि फरक हुने बताएका थिए।

मोरक्को बाहिर जन्मिएका यी खेलाडी:

यासिनी बौउनउ (क्यानडा), मुनिर मोहमेदी (स्पेन), आसरफ हाकीमी (स्पेन), नुसेर माजरावी (नेदरल्यान्ड्स), रोमन सैस (फ्रान्स), सोफ्यान अम्रबात (नेदरल्यान्ड्स), लियस चायर (बेल्जियम), सेलिस अमलाह (बेल्जियम), विलाल एल खानोउ (बेल्जियम), हाकिम जियाच (नेदरल्यान्ड्स), अनास ज्यारौउरी (बेल्जियम), जकारी अबौउखाल (नेदरल्यान्ड्स), सोफाएनी बौउफाल (फ्रान्स), वालिड चेडीरा (इटाली)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक