– सुनिल महर्जन
जिन्दगीको गन्तव्य लिदैगर्दा
तिमीलाई गुमाइरहेको रहेछु
तिमी नै त हौ मेरो, जिन्दगी
बुझ्दा बुझ्दै अनाहक टाढिएछु।।
जिन्दगीले अल्मलाएको बेला
तिमी आशा बनि छायौ
हर कठिन यात्रामा मिलि
साथ रहने भरोसा दिलायौ
आशा र भरोसाको संगममा
निरासाले भरिएछु
तिमि नै त हौ मेरो, सहयात्री
जानाजान अन्जान भएछु।।
संघर्ष संगै सफलताको आसमा
तिमी धैर्यता बनि आयौ
निरासाको पलहरुमा
खुशियाली उमंग ल्यायौ
बनाएको थिएँ मेरो मनको मालिक
म आफै देरावाल भएछु
तिमि नै त हौ मेरो, प्रियसी
बुझ्दा बल्ल झस्किएछु।।
सुन्दरता र चंचल तिम्रो स्वभावमा
अल्झिएको लोभि नजर
जिवनको समयचक्रमा
पिल्सिएको आफ्नो रहर
गज्जबको नशा रहेछ प्रेम
बेकारमा मातिएछु
तिमि नै त हौ मेरो, पिरती
जतन गर्नै भुलिएछु।।
नालाएक थिएँ म प्रियसि,
तर साँची मनपराको छु।
प्राप्ति होइन निरन्तरता हो पिरती,
गुमाउँदा बल्ल थाहा पाएकोछु ।
तिमी नै त हौ मेरी, प्राणप्यारी
बुझ्दा बुझ्दै अनाहक टाढिएछु।।