बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गठबन्धन जोगाउन रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय, कानून संशोधन गर्न अध्यादेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गठबन्धन जोगाउन रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय, कानून संशोधन गर्न अध्यादेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – प्रचलित कानुनलाई अध्यादेशमार्फत तोडमोड गर्दै सरकारले रेशम चौधरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तामाथि लागेको गम्भीर कसुर फिर्ता लिने भएको छ।

कानुनले केही निश्चित प्रकृतिका अपराध गरेको अभियोग लागेका व्यक्तिलाई माफी दिन नमिल्ने व्यवस्था (ब्ल्याक लिष्ट) गरे पनि सरकारले कानुनको मर्ममाथि नै प्रहार गर्ने गरी अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाएको हो।

आइतबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्दै गम्भीर खालका अपराधमा अदालतमा दोषी ठहर भएकाहरुलाई समेत आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो।

स्रोतका अनुसार उक्त ऐनको दफा ११६ मा रहेको नकारात्मक सूचीलाई तोडफोड गर्न एउटा उपदफा थपिएको छ।

ऐनको दफा ११६ (२) क ले झुट्टा राहदानी वा नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध ओसारपसार वा कारोबार, वन्यजन्तुको अवैध शिकार तथा व्यापारजस्ता अभियोग फिर्ता लिन नपाउने व्यवस्था गरेको छ।

त्यस्तै, सार्वजनिक उपभोगका वस्तुमा विष मिसाएको, विष प्रयोग गरी वा क्रूर, अमानवीय तवरले वा नियन्त्रणमा लिइ ज्यान मारेको, सम्पत्ति शुद्धीकरण, प्राचीन स्मारक संरक्षणसम्बन्धी मुद्दा पनि फिर्ता लिन नपाइने व्यवस्था गरेको छ।

सरकार निर्माणमा निर्णायक शक्तिका रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन सरकारले कानुन नै संशोधन गरेर नेता चौधरीलाई जेलबाट निकाल्न लागेको हो। उसले स्वतन्त्रसहित संसदमा चार सिट जितेको छ।

२०७२ भदौ ७ गते टिकारपुरमा प्रहरीका एसएसपीसहित ७ जनाको ज्यान जाने गरी भएको हत्याको मुख्य योजनाकार रेशम चौधरी रहेको ठहर गर्दै कैलाली जिल्ला अदाललते २०९४ सालसम्म जेल सजाय सुनाएको छ।

उनी टिकापुर घटनामा ‘अमानवीय तवरले वा नियन्त्रणमा लिइ ज्यान मारेको’ अभियोगमा दोषी ठहर भइ डिल्लीबजारस्थिति कारागारमा छन्।

सरकारले आइतबार ल्याएको अध्यादेशमा उक्त कसुरलाई राजनीतिक किसिमको कसुर परिभाषित गर्ने र त्यसलाई अदालतबाट दोषी ठहर भइसकेको भए पनि मुद्दा फिर्ता लिएर उन्मुक्ति दिन सकिने व्यवस्था गरेको स्रोतले जानकारी दियो।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

२ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक