मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माओवादीबाट समानुपातिक सूचीमा रहेका नेताहरुको दौडधुप शुरु

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
माओवादीबाट समानुपातिक सूचीमा रहेका नेताहरुको दौडधुप शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पाएको समानुपातिक सिटबाट प्रतिनिधिसभा सांसदमा को को छानिएलान् ? बन्दसूचीमा नाम परेका र अहिले निर्वाचन परिणामबाट सम्भावना बोकेका नेता–कार्यकर्ता आफु छानिनका लागि दौडधुपमा छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखि अन्य दोस्रो तहका नेताहरुसँग आफनो नाम समेटन दवाव वढाउने उदेश्यले समानुपातिक सूचीमा रहेका नेताहरुको दौडधुप र लविङ शुरु भएको छ ।

माओवादीले यसका लागि पार्टी पदाधिकारी बैठकबाट अन्तिम निर्णय लिने तयारी गरेको छ ।

माओवादीले १४ जना सांसद समानुपातिकबाट प्रतिनिधिसभामा पठाउन पाउनेछ । जसमध्ये १२ जना महिला र २ जना मात्रै पुरुष माओवादीले आफनो कोटाबाट पठाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले माओवादीलाई पठाएको क्लष्टर सिट संख्यामा उसले आदीवासी जनजातिबाट ४, खस आर्यबाट ४, थारुबाट १, दलितबाट २, मधेसीबाट २, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट १ जना पठाउनुपर्ने हुन्छ । यसरी क्लष्टरबाट पठाईरहँदा १२ जना महिला र २ जना पुरुष मिलाएर माओवादीले पठाउनुपर्नेछ ।

२ पुरुषमध्ये खस आर्यबाट पार्टीका नेता हितराज पाण्डे करिव सुनिश्चित छन् । २०७४ को प्रतिनिधिसभा चुनावमा पनि उनको नाम समानुपातिकको बन्दसूचीमा खस आर्य तर्फ पहिलो नम्बरमा थियो । तर त्यसवेला उनले समानुपातिक सांसद बन्न पाएनन । माओवादीले पाएको एउटै पुरुषको सूचीबाट अपाङग कोटामा चुडामणि खड्काले संसद प्रवेशको बाटो पाएका थिए ।

तर यसपटक हितराजलाई माओवादीले समानुपातिकबाट खस आर्य कोटामा प्रतिनिधिसभामा पठाउने करिव निश्चित छ । त्यसो हुँदा अन्य थप १ जना पुरुष माओवादीले छान्न पाउँछ । हितराज एक जना पुरुष खस आर्यमा छानिए यो समुहबाट अन्य ३ जना महिला सूचीमा पर्नेछन । त्यसो हुँदा ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा यो समुहबाट समानुपातिक सांसद छानिनेछन् ।

शर्मा माओवादी नेता जनार्दन शर्माका बहिनी हुन् । उनलाई समानुपातिक सूचीमा पार्नका लागि शर्मा आफैले कोसिस गर्ने भएकाले खस आर्यका हितराज वाहेक दोस्रो नम्बरमा परेका पुरुषको सम्भावना कम छ ।

नारायणीलाई करिव माओवादी अध्यक्ष प्रचण्डले नै पनि वचन दिईसकिएको माओवादी स्रोतको भनाई छ । त्यसो हुँदा खस आर्यको पुरुषमा दोस्रो नम्बरमा रहेका पेशल खतिवडाको सम्भावना टरेको छ।

आदीबासी जनजातितर्फ माओवादीले चारै जना महिलालाई छान्ने या एक जना पुरुष छान्ने भन्नेमा माओवादीलाई अप्ठ्यारो पर्ने देखिएको छ । यो समुहबाट महिला छनौट गर्दा क्रमशः दुर्गा राई, मिना तामाङ र उर्मिला माझी पौडेल करिव छानिनेछन् । तर चौथोमा पुरुषबाट अजम्बर काङवाहाङलाई छान्ने या महिलाबाटै माया कुमारी बल स्यालाई छान्ने माओवादीलाई निर्णय लिन गाह्रो परेको छ ।

अजम्बर छान्दा मायाको सम्भावना टर्छ भने अजम्बर नछान्दा माया स्वतः आदीवासी जनजाति कोटाको छनौटमा पर्नेछिन् । तर अजम्बर छान्दा दलितको पुरुष तर्फ १ नम्बरमा रहेका रणेन्द्र बराइली, मधेसीको पुरुष कोटामा १ नम्बरमा रहेका रामेश्वर राय यादव, पिछडिएको क्षेत्रबाट खस आर्यमा रहेका रामदीप आचार्य र मुश्लिममा रहेका हकिकुल्ला खाँको सम्भावना टर्छ ।

तर जनजातिमा महिला नै ४ जना छानिएमा भने आचार्य, यादव, बराइली र खाँ पनि प्रतिस्पर्धाको रेसमा हुनेछन् ।

माओवादीले पाएको थारुको १ सिटमा भने रुपा सोसी थारु निश्चित जस्तै छिन । महिलाको संख्या पु¥याउनु पर्ने र थारु महिलाको पहिलो नम्बरमा रुपाको नाम रहेकोले उनी छानिने करिव निश्चित जस्तै छ । त्यस्तै मुश्लिममा पनि माओवादीले १ सिट पाएको छ । त्यसमा महिला छान्दा कल्पना मियाँले पाउनेछिन् । तर यो कोटाबाट बाँकी लानुपर्ने १ पुरुष लैजान चाहेमा भने हकिकुल्ला खाँ पर्नेछन् । उनी पर्दा कल्पना देखि अन्य कल्ष्टरबाट प्रतिनिधिसभा छिर्न खोजेको पुरुषको ढोका बन्द हुनेछ ।

दलित २ जनामा सुशिलादेवी सिर्पाली ठकुरी स्वत पर्नेछिन् । त्यस्तै दोस्रो सूचीमा रहेकी पार्वतीलाई भने दलित महिला या पिछडिएको क्षेत्र दुवैबाट लैजान सक्ने बाटो माओवादीसँग छ । उनलाई पिछडिएकोबाट लगेर अर्काे पुरुष दलितबाट राख्न चाहेमा रणेन्द्र बराइली पर्नेछन् । तर उनलाई पिछडिएकोबाट नलगेर दलितबाटै लगेमा उनी दलित कोटामा पर्ने देखिन्छिन् ।

मधेसी २ जनामा मीना यादव र उमरावती यादव नै पर्ने देखिन्छिन् । यहाँ पुरुषमा रामेश्वर राय यादव पहिलो नम्बरमा छन् । तर उनलाई निर्वाचनमा आफै समानुपातिक उम्मेदवार रहेर आफनै पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार हराउन लागेको आरोप पार्टी कार्यालयमा आईपुगेको छ । उनीमाथी सर्लाही ३ मा माओवादी उम्मेदवार रहेका नरेन्द्र साह कलवारलाई हराउन भूमिका खेलेको आरोप लागेको छ ।

आरोपपत्रमा उनीमाथी कारवाहीको माग छ । जसकाकारण पनि उनलाई माओवादीले समानुपातिकतर्फको बाकी १ पुरुषमा नाम छनौट गर्दा पार्टीभित्रै विवाद आउने देखिन्छ । तर सर्लाहीमा माओवादीले समानुपातिक तर्फ सवैभन्दा बढी मत प्राप्त गरेको र त्यही मतका आधारमा रामेश्वर राय यादवले दवाव बढाएमा माओवादी नेतृत्व दवावमा पर्नसक्छ । तर रामेश्वर राय यादव नछानिएमा महिलातर्फकी उमरावती यादव स्वत छानिनेछिन् ।

पुरुष तर्फबाट खस आर्यका पेशल अतिवडा, दलितबाट रणेन्द्र बराइली, आदीवासी जनजातिबाट अजम्बर काङवाहाङ, मुश्लिमबाट हकिकुल्ला खाँ र मधेसीबाट रामेश्वर राय यादव रोकिँदा पिछडिएको क्षेत्रबाट रामदीप आचार्यको सम्भावना बलियो हुने देखिन्छ ।

आचार्य खस आर्य तर्फको सूचीमा रहेपनि पिछडिएको क्षेत्रका रुपमा पनि बन्द सुचीका उम्मेदवार हुन् । जाजरकोटका उनको पनि सम्भावना छ । तर अन्य क्लष्टरबाट पुरुष छनौट भएमा भने आचार्यको सम्भावना समाप्त हुनेछ ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

४ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक