मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।

उन्नाइसौँ  राष्ट्रिय ज्यापू दिवस, २०७९ का अवसरमा ज्यापू संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताउनुभयो ।

“ज्यापू समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उहाँले भन्नुभयो, “यस्ता महत्त्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।”

ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहँदै आएको स्मरण गर्नुभयो । नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उहाँको भनाइ छ ।

“राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै  आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।  दिवसले काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक,  भौतिक सुविधाका बीचमा पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापु समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापु संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको बताउनभयो । सो कोषबाट प्रत्येक वर्ष राष्ट्रिय ज्यापु दिवस मनाउनेलगायतका ज्यापु समुदायको संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने दिशामा विभिन्न प्रशंसनीय कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सीमित साधन, स्रोतका बाबजुद कोषले ज्यापु संस्कृतिको संरक्षण र संवर्द्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले यस दिवसले नयाँ जोस र उत्साहका साथ ज्यापु समुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अन्य समुदायसँग सहकार्य गर्दै अघि बढ्न तथा मुलुकमा राष्ट्रिय एकताको भावनालाई थप सुदृढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, संस्कृतिको विकास, सम्पदाको संरक्षणका लागि सरकारले अगाडि बढाएको कामलाई जनस्तरबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उपत्यकाको संस्कृति र सम्पदाको संरक्षण तथा यहाँको सभ्यतालाई विश्वमाझ चिनाउने विषयलाई सँगसँगै अगाडि बढाइनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुर्खाले स्थापित गरेका मौलिक संस्कृतिलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण गर्दै यसलाई जीवन्त बनाउन जनप्रतिनिधिका रूपमा आफूले निरन्तर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय कला, संस्कृतिको संरक्षणमा महानगरले सहयोग गर्दै आएको बताउनुभयो ।

ज्यापु दिवस समारोहका संयोजक पञ्चनारायण महर्जनले राज्यस्तरबाट संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताउनुभयो । युवाका अधिक सहभागितामा पुस्तान्तरण भएका यी कला, संस्कृति पछिल्ला समय अन्तर्राष्ट्रियतास्तरमा पनि व्यापक बन्दै गएको उहाँको भनाइ छ । कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनले परम्परागत मौलिक पर्वलाई नेवार समुदायले अक्ष्युण राख्दै आएको बताउनुभयो । रासस

यो पनि पढ्नुहोस्

शक्ति लम्साल: एक युग नायक  

शक्ति लम्साल: एक युग नायक  

१७ घण्टा अगाडि
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

युरोपमा तातो लहरबाट १ हजार ३०० जनाको मृत्यु

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

कीर्तिपुरमा हाथु  द्यःकाे आगमन

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

कृषिमा आधुनिकीकरण आवश्यक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक