शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खुल्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खुल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महाभियोगको प्रस्ताव निष्क्रिए भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरलाई सर्वोच्च अदालत फर्किने बाटो खुलेको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपति कार्यालय, प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र प्रधानन्यायाधीश जबरालाई पत्र पठाएर २०७८ फागु १ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जानकारी दिएका छन्।

जबराले मंगलबार आफूलाई सर्वोच्च फर्कन बाटो खुलाइन दिन संसद सचिवलयलाई निवेदन दिएका थिए। त्यसलगत्तै संसद सचिवालयका महासचिव डा. गौतमले महाभियोगविरुद्धको प्रस्ताव निष्प्रभावी गरिदिएका हुन्।

संघीय संसद सचिवालयको पत्रमा भनिएको छ(महाभियोगको प्रस्ताव तत्कालिन प्रतिनिधिसभामा पेश प्रारम्भिक छलफल र महाभियोगष सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडी नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइ सकेकाले २०७८ फागुन १ मा तत्कालिन समयमा महासचिवबाट सम्मानीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु। प्रधानन्यायाधीश नियमित कार्य सम्पादन गर्नका लागि उहाँले दिनु भएको निवेदनको छाया प्रति यसै साथ संलग्न रहेको छ।ु

जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले महाभियोग प्रस्ताव संसद्मा दर्ता गरेका थिए। २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्तावलाई फागुन २९ गते संसद्‌मा प्रस्तुत गरिएको थियो।

गत असोज १ गते महाभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले संसद सचिवालयका महासचिव डा. भरत गौतमलाई प्रतिवेदन पेश गरेका थिए। साढे दुई महिनापछि सं‌सद सचिवालयले महाभियोग फुकुवा पत्र जबरालाई उपलब्ध गराएको हो।

जबरामाथि भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षमरअसफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत आरोप छन्। यस्तै, पेसी सूची (कजलिस्ट) मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लागेको छ।

जबरा उमेरहदकका कारण यही मंसिर २७ गते सर्वोच्च अदालतबाट अवकास पाउँदैछन्। पुस २०७५ मा चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश बनेका थिए।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

१ घण्टा अगाडि
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक