शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति, नेताहरुले जारी गरे संयुक्त विज्ञप्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति, नेताहरुले जारी गरे संयुक्त विज्ञप्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ–पाँच दलीय सत्ता गठबन्धनले निरन्तरता पाउने भएको छ।

मंसिर ४ को आम निर्वाचनपछि पहिलो पटक सोमबार बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र संयुक्त जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न गठबन्धनलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख गरेका छन्।

‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ,’ चार नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा छ, ‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’

विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए।

आम निर्वाचनअघिको चुनावी सिट तालमेलमा असहमति जनाएर जनता समाजवादी पाटी बाहिरिएर लोकतान्त्रिक समाजवादी पाटी गठबन्धनमा भित्रिएको हो।

चुनावपछि अब कसको नेतृत्वमा सरकार बन्ने भनेर विभिन्न विकल्पहरुमाथि आन्तरिक तथा बाह्य छलफल भइरहेका बेला गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ र नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन्। बैठकमा चुनावको परिणामको पनि समीक्षा भएको छ। निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ।

 

यो पनि पढ्नुहोस्

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

१ घण्टा अगाडि
प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक