जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ। जाजरकोटका सात वटै स्थानीय तहको सम्पन्न अधिवेशनले नयाँ नेत्रित्व समेत चयन गरेको माओवादी केन्दले जानकारी गराएको छ ।
नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेक बहादुर रावलले जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै स्थानीय तहको अधिवेशन स्थानीय जनसहभागितामा भव्य रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
रावलका अनुसार अधिवेशनले छेडागाड नगरपालिकामा अध्यक्ष प्रेमबहादुर खत्री, उपाध्यक्ष त्रय धनबहादुर थापा, द्म बहादुर पुन र लक्ष्मण खत्री, नलगाड नगरपालिकामा अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्ष त्रय प्रचण्ड वली, जनक शाही र वीर बहादुर खड्का र सचिवमा दीपक नेपालीलाई चयन गरेको छ ।
यस्तै, भेरी नगरपालिका अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्ष त्रयमा भिमबहादुर खत्री, लक्षुदेवी जैसी र रङ्गविर नेपाली, सचिवमा दीपक खत्री लाई चयन गरेको छ । कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्ष त्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबहादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह रहनु भएको छ । यस्तै, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्ष त्रयमा भिबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत , सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही चयन हुनुभएको छ ।
शिवालय गाउँपालिका अध्यक्षमा मानबहादुर पुन, उपाध्यक्ष त्रय प्रेमबहादुर बस्नेत, पर्साराम शर्मा, मनबहादुर भण्डारी , सचिवमा लोकेन्द्र राना, सहसचिवमा इन्द्र अधिकारी, कोषाध्यक्ष मनीषा थापा सहित ३५ सदस्यीय कमिटी चयन भएको छ। यस्तै, बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्ष त्रयमा वसन्त शाही, धनबहादुर बोहरा र रतन विक, सचिवमा दलबहादुर बुढा, सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्यीय कमिटी चयन भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यले अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रूपमा भएको जनाउनुभयो ।


