शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

एनआरएनए एनसीसी अमेरिकाको बैठकः एकताको दिशामा नयाँ सहमति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए एनसीसी अमेरिकाको बैठकः एकताको दिशामा नयाँ सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाडौं मा हुने अन्तर्राष्ट्रिय एकताको महाधिवेशनका लागि विभिन्न देशहरूमा विभाजित भएका पक्षहरूको आपसी बैठक हुन थालेको छ ।
एनआरएनए अमेरिकामा पनि दुई फरक अभ्यास गरिरहेका एनआरएनए एनसीसी (राष्ट्रिय सङ्गठन/परिषद्) हरूको पहिलो बैठक सम्पन्न भएको छ ।
अमेरिकामा एनआरएनएलाई दुईबाट एउटा सिङ्गो बनाउनको लागि एनआरएनए अमेरिकाका एउटा पक्षका अध्यक्ष सूर्य लम्साल र अर्को पक्षका अध्यक्ष डा. अर्जुन बन्जाडेको नेतृत्वका टोलीबिच यही पछिल्लो सोमबार पहिलो बैठक भएको हो ।
एनआरएनए अमेरिकाका सूर्य लम्साल पक्षले एनआरएनए उच्चस्तरीय समितिको पत्र अनुसार आगामी मे ३–५, काठमाडौँमा हुने महाधिवेशन र राष्ट्रिय महाधिवेशनबारे छलफल र निर्णय गर्न मार्च ३, २०२५ मा आफ्नो सङ्गठनको बैठक बोलाएको थियो । सोही मार्च ३ को एनआरएनए अमेरिकाको बोर्ड बैठकले अमेरिकाको अर्को एनआरएनए पक्ष डा. अर्जुन बन्जाडेको एनसिसीसँग एकताको महाधिवेशनको वातावरण बनाउनका लागि पहल गर्ने अध्यक्ष लम्साल र महासचिव यदु बन्जाराको कमिटी नै गरेको थियो ।
उक्त कमिटीले मार्च १६ मा एनआरएन एनसिसी अमेरिकाका अर्को पक्षका अध्यक्ष डा. बन्जाडे र महासचिव रामहरि अधिकारीलाई सहकार्यको लागि पत्राचार गरेको थियो । उक्त पत्र एनआरएनए उच्चस्तरीय समितिका सबै सदस्य र एनआरएनए अमेरिकाका पूर्व अध्यक्षहरूलाई पनि बोधार्थ दिइएको थियो ।
एनसीसी अमेरिकाका अध्यक्ष लम्साल नेतृत्वले मार्च १७ मा एनआरएनए एनसीसी अमेरिकाका दुवै पक्षका अध्यक्ष र महासचिवलाई बैठकमा सहभागी हुन आमन्त्रण गरेको थियो। यसै अनुरूप, डा। बन्जाडे नेतृत्वले आफ्नो तर्फबाट आफू, महासचिव, र सचिव गरी तीन जनाको सहभागिता सुनिश्चित गरेपछि सोही दिन पहिलो बैठक सम्पन्न भएको हो।
बैठकमा भएको सहमति
१. एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजना गरिएको मे ३–५, २०२५ को महाधिवेशनमा भाग लिन सबैलाई सदस्यता लिन आव्हान गर्ने।
२. लम्साल नेतृत्वको एनसीसीले पहिल्यै सदस्यता खुला गरिसकेको छ भने डा। बन्जाडे नेतृत्वको एनसीसीले तुरुन्तै सदस्यता खोल्ने, अन्यथा एनआरएनए उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता बन्न अनुरोध गर्ने। पछि दुवै पक्षका सदस्यतालाई एकीकृत गर्ने।
३. दुवै पक्षले एनआरएनए उच्चस्तरीय समितिलाई आजीवन सदस्यता तथा मार्च ३१ मध्यरातसम्म लिइएको सदस्यताको सूची पठाउने। आजीवन सदस्यताको सूची तुरुन्तै पठाउने।
४. गत वर्ष सदस्यता लिएकाहरूको म्याद अझै बाँकी भएकाले मे २०२५ सम्मका लागि स्वतः नवीकरण गर्ने र यसको जानकारी दिने।
५. एनआरएनए अमेरिकाको एकता महाधिवेशन जुलाई २०२५ मा गर्ने। यस सम्बन्धी थप निर्णय अर्को बैठकले गर्ने।
यस बैठकले एनआरएनए एनसीसी अमेरिकामा एकता ल्याउन महत्त्वपूर्ण पहल गरेको रूपमा एनआरएन अभियन्ताहरूले लिएका छन् ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

२ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक